काठमाडौं । भारतकी पूर्व विदेशमन्त्री तथा भारतीय जनता पार्टी (भाजपा) की वरिष्ठ नेता सुषमा स्वराजको मंगलबार राति दिल्ली स्थित एम्स अस्पतालमा निधन भएको हो । कार्डिएक अरेस्ट हुने बित्तिकै उनलाई अस्पताल लगिएको भए पनि डाक्टरले बचाउन सकेनन् ।
प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री तथा भाजपा अध्यक्ष अमित शाह, भारतीय कांग्रेस तथा कांग्रेस नेता राहुल गान्धीसहितको उनको निधनमा दुःख व्यक्त गरेका छन् । राहुल गान्धीले स्वराज एक कुशल राजनीतिज्ञ र प्रखर वक्ता रहेको बताएका छन् ।
सुषमाको बुधबार अपराहन्न अन्तिम संस्कार गर्ने तयारी छ । त्यसअघि अन्तिम श्रद्धाञ्जलीका लागि उनको शव राखिने छ ।