सेढाईंको ‘अत्यन्त खुशीको खबर’ नामक पुस्तक विमोचन

21 दिन अगाडी

काठमाडौं । लेखक तथा आविष्कारक उत्तम सेढाई (अमर दूरदर्शी) द्धारा लिखित ‘अत्यन्त खुशीको खवर’ नामक पुस्तक विमोचन गरिएको छ । 
नेपाल र विश्वले हालसम्म भोगिरहेको अनेकौं नकरात्मकता र बढ्दो दुराअवस्थाबाट प्रताडित हरेक मानिसहरुका लागि यो पुस्तक फलदायी हुने लेखक सेढाईको विश्वास छ । 
बुधवार रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली काङग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र कुमार केसी, रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमला, प्रथम साहित्यक सगरमाथा आरोहणमा निस्किन लागेको लक्ष्मण सापकोटा, राजनितिज्ञ तथा समाजसेवी सिद्धार्थ अधिकारीले उक्त पुस्तक आज संयुक्त रुपमा विमोचन गरेका हुन् । 
पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै कांग्रेस नेता केसीले समाज परिवर्तनको निमित्त लेखक सेढाईले आम मानिसमा कसरी सकारात्मक परिर्वतन ल्याउन सकिन्छ भनेर गहिरो अनुसन्धान तथा खोज गरेर आफ्नो धारणा प्रकाशित गरेको र सबैले उक्त पुस्तकले देखाएको मार्गमा हिँड्दा फलदायी हुने धारणा राखे । 
अहिले नेपाली समाजमा बैमनस्यता मौलाउँदै गएको, देशको राजनितिक, आर्थिक, समाजिक, धार्मिक, सांस्कृतिक दुरावस्थाहरु बढ्दै गएको र आफ्नो मात्र स्वार्थ केन्द्रित गतिविधिहरुमा बढोत्तरि भएको भन्दै उनले यो पुस्तकले सबैको सोचमा नयाँ तथा आमुल परिवर्तन ल्याउनेमा आफु आशावादी भएको बताए ।
नेपाल र विश्वले हालसम्म अंगालिरहेको सैद्धान्तिक दर्शन, वाद, नीति, तर्क, सिद्धान्त, व्यवस्था प्रणाली र तिनको व्यवहारिक प्रयोगका बिचमा बढ्दो दुरी न्युनीकरणका लागि नयाँ आविष्कार र नविन चमत्कारको रुपमा लेखकले पत्ता लगाएको दिर्घकालिन वैज्ञानिक समाधान ‘नमुनावाद, नमुनातन्त्र, नमुनामार्ग चित्र र नेपाली सुहाउदो नमुना बैज्ञानिक संतीयताको खाकासम्बन्धि सबैलाई जानकारी गराउने उद्देश्यले लेखकले उक्त पुस्तक तयार पारेकोेबारे पनि उनले प्रकाश पारेका छन् । 
समाजमा ब्याप्त भ्रष्टाचार, अनियमियता, विकृति र विसंगति निर्मुल पार्नका लागि यस्ता पुस्तकको अध्ययन आवश्यक रहेको उनको धारणा थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले सार्वजनिक गरिएको पुस्तकले नेपाल र नेपालीको भावनालाई आत्मसात् गरेको भन्दै सबैलाई पुस्तक पढ्नको लागि आग्रह गरे । 
समाज परिवर्तनको प्रमुख आधार भनेको अहिले ज्ञान र लेखन भएको बताउदै धमलाले उक्त पुस्तकको अध्ययनले नेपालीको मुहारमा खुशि ल्याउन मद्दत गर्ने अपेक्षा लिएको पनि विश्वास दिलाए । 
धमलाले भने,‘हरेक नेपालीको हात–हातमा यो पुस्तक पुग्न आवश्यक छ, आम मानिसको दैनिकी र जिवनस्तरलाई उकास्न कसरी सुखि, सम्पन्न तथा सफलतातर्फउन्मुख गराउन सकिन्छ भन्ने धारणा यो पुस्तकबाट सिक्न सकिन्छ ।’
धमलाले सगरमाथा आरोहणमा निस्किन लागेका साहित्यकार लक्ष्मण सापकोटोले चाँडै नै रिपोर्टर्स क्लबको झण्डालाई साहित्यकारको माध्ययमबाट सगरमाथाको शीरमा पुर्याउन लागेको जानकारी दिए । उनले नेपाली समाजमा साहित्य लेखनले आम नागरिकको विचार तथा जीवनशैलीलाई परिवर्तन गराउन सफल रहेकोबारे स्पष्ट पारेका थिए । 
सापकोटाले आफुले उक्त पुस्तकको पूर्ण अध्ययन गर्ने र सबैमा अध्ययनपश्चात् पुस्तकमा भएको ज्ञानलाई प्रत्यक्ष रुपमा लागु गर्नपनि अनुरोध गरेका छन ।
त्यस्तै कार्यक्रममा बोल्दै पुस्तकका लेखक तथा आविष्कारक उत्तम सेढाई ‘अमर दूरदर्शी’ले नेपाल र विश्वको विविध नकारात्मकताका साथै अनेकौं किसिमका दुराअवस्थाहरु न्युनिकरणका लागि आफ्नो आविष्कार मार्गदर्शक हुने आश्वस्त पारे । 
सबैको साथ, सहयोग, समर्थन र प्रोत्साहन पाएमा आफुले बौद्धिक, मौलिक, दार्शनिक, सांस्कृतिक, राजनैतिक, समाजिक, आर्थिक, दुरदर्शी, दिर्घकालिन र बैज्ञानिक समाधानमार्फत नेपाल र विश्वलाई सकारात्मक रुपान्तरणतर्फ अग्रसर गराउन सफल हुने पनि उनले दाबी गरे । 
नयाँ आविष्कारमार्फत विश्वभर शान्ति, मानवता र विश्व बन्धुत्वको भावनालाई सदैव प्रोत्साहन दिन आफु प्रतिबद्ध रहेकोपनि उनले जनाए । 
त्यस्तै कार्यक्रममा बोल्दै प्रथम साहित्यक सगरमाथा आरोहणमा निस्किन लागेका तथा धावक लक्ष्मण सापकोटाले आज विमोचित उक्त पुस्तकमा समावेश विचारलाई सबैले अनुशरण र अनुकरण गर्न आवश्यक रहेकोे प्रष्ट पारे ।
पुस्तकले विचारहरुमा नयाँ आयाम थप्नेमा बिश्वस्त रहेको बताउदै उनले लेखकको भावनालाई सबैले आफुमा उतार्न आवश्यक भएको पनि जनाए । 
नेपाली साहित्यको क्षेत्रबाट आफुले नयाँ रेकर्ड बनाउन गइहेको स्मरण गर्दे उनले सो पुस्तकमा भएका भावनाहरुलाई आफुसंगै सगरमाथाको शीरमा सम्झनेपनि उनले बचनबद्धता प्रकट गरेका छन ।
 
 

Advertisement

Advertisement

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

Advertisement
Advertisement

Subscribe our Newsletter