सेन्ट जेभियर्सका विद्यार्थी गोर्खा इको प्यानलमा

25 दिन अगाडी

काठमाडौं । काठमाडौंको जेन्ट जेभियर्स कलेजका विद्यार्थीले भक्तपुरस्थित निर्माण सामाग्री उत्पादन कम्पनीको गोर्खा इको प्यानलको सोमबार अध्ययन भ्रमण गरेका छन् । कलेजमा वीएसी दोश्रो वर्षमा अध्ययनरत झण्डै दुई दर्जनको समूहमा आएका विद्यार्थीले कारखानाको अध्ययन भ्रमण गरेका हुन् । 
अध्ययन भ्रमणमा सहभागी विद्यार्थी प्रसंशा पोखरेलले कितावमा पढेका विषयवस्तु कारखानामा पुगेर यथार्थ देख्न पाउँदा खुशी लागेको सुनाइन् । जहिले पनि कितावमा सिमित आफूहरुले सम्वन्धित ठाउँंमा पुगेर अध्ययन गर्न पाउँदा वढी शिक्षा हासिल गर्न सकेको उनले बताइन् । 
भ्रमणमा सहभागी अर्का विद्यार्थी श्रमिक रिमालले कारखानाको अवलोकन भ्रमणबाट आफूले धेरै सिकेको प्रतिक्रिया दिए । अवको शिक्षा कक्षाकोठाबाहिर हुनुपर्ने धारणासँंग आफू सहमत रहेका उनले कक्षाकोठामा सिकेका कुरा आफूहरुले फिल्डमै पुगेर अध्ययन गर्न पाउँदा लामो समयसम्म स्मरणमा रहने बताए । 
कलेजका शिक्षक बासुदेव घिमिरेले विद्यार्थीको ज्ञानको भण्डारलाई फराकिलो बनाउन अध्ययन भ्रमणमा ल्याएको सुनाए । कक्षाकोठाबाहेक ल्यावमा लगेर पनि विद्यार्थीलाई सिकाउने गरेको सुनाउँंदै उनले फिल्डमा लगेर दिइएको शिक्षा अझ वढी प्रभावकारी हुने भएकाले कलेजले प्रत्येक वर्ष विद्यार्थीलाई सरोकारवाला ठाउँंहरुमा लगेर शिक्षा दिंदै आएको जनाए । 
विद्याथीृलाई गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईन्जिनियर कृष्णभक्त दुवालले कारखानामा दुलाएर गाइद गरेका थिए । चीनको एउटा विश्वविद्यायलबाट पीचडी गर्दै गरेका उनले कक्षामा सिकेका शिक्षालाई अझ वढी प्रभावकारी होस् भनेर आफूहरुले कारखानालाई एउटा अध्ययन केन्द्रको रुपमा पनि विकास गर्दै आएको जनाए । ख्व्प कलेज भक्तपुरका एमसीका सहप्राध्यापकसमेत रहेका उनले त्यही कारण अध्ययन भ्रमणमा आउने विद्यार्थीलाई सहजै स्वीकार गरी कारखाना देखाउँंदै आएको जनाए ।
गोर्खा इको प्यानल इटाको विल्कपमा बाहिरी तथा भित्री पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री हो । यो वातावरणमैत्री हुनुका साथै हलुका, भूकम्पप्रतिरोधी, साउण्ड इन्स्युलेशन (आवाज नचुहिने), तापक्रम नियन्त्रण –भित्रको ताप बाहिर र वाहिरको ताप भित्र नआउने) अग्नी नियन्त्रक छ । अध्ययनको क्रममा विद्यार्थीलाई इको प्यानलमा पेटोल छर्केर पनि नवल्ने अग्नी नियन्त्रक रहेको भनी डेमो देखाइएको थियो 

 

 


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

Advertisement
Advertisement

Subscribe our Newsletter