स्कुलको वार्षिकोत्वसमा पुस्तक सहयोग

1 महिना अगाडी

काठमाडौ । भक्तपुरको मिवाछें व्यासीस्थित एभरेष्ट इगलिश स्कुलका विद्यार्थीले जम्मा पारेको जन्मदिनको रकमबाट विहीबार चार वटा स्कुलहरुलाई पुस्तक सहयोग गरेको छ ।  स्कुलका विद्यार्थीले आआफनो जन्मदिनको दिन संकलित सहयोग रकमबाट ती स्कुलहरुलाई पुस्तक सहयोग गरेको हो । 
गत बिहीबार भएको स्कुलको ३७ वार्षिक समारोह एवं पुरस्कार वितरण कार्यक्रममा उक्त पुस्तक सहयोग हस्तान्तरण गरेको हो । जन्मदिनमा चकलेटलगायतका किनेर साथीहरुलाई नबाडी रकम कोषमा राखेर संकलित रकमबाट ती  स्कुलहरुलाई पुस्तक सहयोगस्वरुप हस्तान्तरण गरेका हुन् ।
प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले संयुक्त रुपमा ती स्कुलका प्रतिनिधिहरुलाई किताव हस्तान्तरण गरेका हुन् । श्री मालिकार्जुन मावि दार्चुला, सिद्धार्थ मावि मकवानपुर, पुन्य मावि धनकुटा र कालिका मावि काभ्रेपलान्चोकलाई ती पुस्तकहरु हस्तान्तरण गरिएका हुन् ।
चारवटै माविहरुलाई प्रति स्कुल दुई लाख ३३आट सय ५९ रुपैयाँं बराबरको पुस्तक हस्तान्तरण गरिएको हो । सवैलाई प्रति स्कुल एक हजार ६ सय सात थान पुस्तक हस्तान्तरण गरिएको हो ।  
विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले स्कुलका विद्यार्थीको जन्मदिनमा सहपाठीहरुलाई चकलेटलगायतका खाद्य पदार्थ किनेर बाँंडनु भन्दा नयाँं संस्कारको सुरुवात गर्ने उद्देश्यका साथ एभरेष्ट टिएन वर्ड डे फण्ड स्थापना गरेको जनाए । यही फण्डमा २०७५ सालमा संकलित रकमबाट दुर्गम क्षेत्रका विद्यालयका विद्यार्थीलाई पुस्तक सहयोग गर्ने योजना अनुसार पुस्तक हस्तान्तरण गरिएको उनले जनाए । आवश्यकता हेरेर कुनै स्कुललाई कोर्ष बुक अनुसारको त कुनै स्कुललाई रिफरेन्स बुक हस्तान्तरण गर्दै आएको उनले जनाए । जन्मदिनमा विद्यार्थीले सकेको आर्थिक सहयोग फण्डमा जम्मा गराउने व्यवस्था स्कुलले मिलाएको उनले जनाए । यो रकम जन्मदिनको दिन सवै विद्यार्थीसामु उदघोष गरी फण्डमा राख्ने उनले जनाए । 
चकलेटको विकृति रोकेर स्कुलले २०६६ सालदेखि बर्ड डे फण्ड स्थापना गरेको स्कुलले जनाएको छ । विद्यार्थीबाट संकलित रकमबाट पहिलो पटक २०६६ सालमा भक्तपुर अस्पतालका विरामीलाई व्ल्यांकेट वितरण गरेको र त्यसपछिका वर्षहरुमा निरन्तर प्रत्येक वर्ष विभिन्न दुर्गम स्कुलका विद्यार्थीलाई पाठ्यपुस्तक सहयोग गर्दै आएको स्कुलले जनाएको छ । हालसम्म देशका २१ जिल्लाका २२ वटा स्कुलहरुलाई पुस्तक हस्तान्तरण भएको स्कुलले जनायो । 
कार्यक्रममा प्रमुख अतिथि भक्तपुर भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्कुलले गरेको यो कार्यक्रम देशकै लागि उदाहरणीय रहेको भन्दै प्रशंशा गरे । कार्यक्रममा स्कुल व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य, भक्तपुरका पूर्व जिल्ला शिक्षा अधिकारी नयनसिंह धामी, संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, सहायक प्रिन्सिपल कमलादेवी राजभण्डारी अमात्यलगायतले बोलेका थिए ।  
कार्यक्रममा एभरेष्ट स्कुलका वेष्ट स्टुडेण्ट्सको रुपमा छात्रातर्फ आर्य प्रसाई र छात्रतर्फ आयुष गेलाल घोषित गरी पुरस्कार वितरण गरिएको थियो । साथै स्कुलले यसअघि गरेको वेष्ट फ्रम वेष्टका विजयी विद्यार्थीलाई पनि पुरस्कार वितरण गरिएको थियो । त्यस क्रममा विद्यार्थीहरुले गीत, नृत्य, जिम्याष्टिक पनि देखाएका थिए । 

 


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter