काठमाडौ । हिजो विहीबार राष्ट्रिय नाचघरद्वारा आयोजित ‘स्रष्टा र सिर्जना’ अन्तर्गत शान्ति शर्माको एकल कवितावाचन सम्पन्न भयो । कार्यक्रममा कवि शान्ति शर्माका १२ वटा कविता प्रस्तुत भए । जसमा कवि स्वयंले सातवटा र लक्ष्मी रुम्बा, टिएन भट्ट, प्रकाश बस्नेत गफाडी, शिवराम खड्का र जङ्ग पहाडीले एक(एकवटा कविता सुनाएका थिए ।
भद्र र शालिन व्यक्तित्वकी धनी कवि शर्माले स्वादिलो र नरम स्वरले सम्पूर्ण श्रोतालाई मन्त्रमुग्ध पारिन् । गाउँ(गाउँबाट टपक्क टिपेर ल्याएका विम्बले सजिसजाउ कविताहरूलाई श्रोताहरूले पनि शान्तसँग खूब स्वाद लिँदै रसास्वादन गरे । वास्तवमै शान्तिका कवितामा नारी सुलभ कोमलता,सहजता,प्राकृतिक हरित पक्षको विचरण,मानवीय संवेदना,प्रणयात्मक विछोड मिस्रित पलायनवादी स्वर पनि मर्मस्पर्शी रूपले स्फुरितरप्रकटित भएका पाइन्छन्।
विपिन घिमिरेको सुललित उद्घोषण,खडक बुढाको सभापतित्व,तुलसी दिवसको प्रमुख आतिथ्य,ज्ञानुवाकर पौडेल,कुमार कोइराला,सनतकुमार वस्ती,प्रकट पङ्गेनी ुशिवु,कलानिधि दाहाल,मुक्ति बास्तोला,विजयध्वज थापा,राजु सिँ,राजबाबु श्रेष्ठ,तुलसीहरि कोइरालाको विशिष्ट आतिथ्यमा कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कवि तुलसी दिवसले कवि शान्ति शर्माका कवितामा श्रष्टाको इमान्दारिता देखेको स्पष्ट पार्नुभएको थियो । उहाँले सोलुखुम्बुमा जन्मिनुभएकी कवि शान्ति शर्माले उतैको विम्ब, परिवेश, माटो, आकास र वातावारणलाई आफ्नो कवितामा उतारेको कारण कविता साँच्चिकै अर्गानिक भएको समेत उल्लेख गर्नुभयो । कविहरू ताली र गालीको पछाडि नलागी स्वतन्त्र र निर्भिक भएर लेख्नुपर्ने कुरामा जोड दिँदै कवि दिवसले मन लागेसम्म लेखिरहन तथा थोरै तर गुणात्मक कविता लेख्न सबैलाई आव्हान समेत गर्नुभयो ।
वाचित कवितामाथि समिक्षात्मक टिप्पणी प्रा।डा। कुमार कोइरालाले गर्नुभएको थियो भने स्वागत मन्तव्य खडक बुढाले गर्नुभएको थियो । राष्ट्रिय नाचघर, जमलले हरेक महिनाको तेस्रो बिहिबार सञ्चालन गर्ने नियमित कार्यक्रमको यो उन्नाइसौँ शृङ्खला हो ।