स्वर्गका देवता आए पनि राजतन्त्र फर्कदैनः सांसद अधिकारी

5 दिन अगाडी

राजेन्द्र न्यौपाने
गोेरखा । गोरखा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभाका साँसद हरीराज अधिकारीले स्वर्गका देवता आएपनि राजतन्त्र नफर्कने बताएका छन् ।
सामुदायिक वन उपभोक्ता महासँघ गोरखाद्वारा आयोजित चौंथो सामुदायिक वन दिवस २०७६ कार्यक्रमलाई सम्बोधन गर्दै नेता अधिकारीले ठूलो संघर्षबाट आएको अहिलेको उपलब्धी कसैले चाहदैमा फर्केर नजाने भनेका हुन् ।
सिंहदरबारको अधिकारी गाउँघरमा ल्याउनु चानचुने कुरा होइन भन्दै उनले स्थानीय जनप्रतिनिधिहरुलाई राजा भन्दै विरोध गर्नेहरु संविधान र संघीयता विरोधीहरु भएकाको बताए । 
सरकारले ल्याउन लागेको वैज्ञानिक वन व्यवस्थापन नीति देउताको अक्षर नभएकोले संस्था र जनताको हितमा परिवर्तन गर्न सकिने उनको भनाई छ ।
संविधानको जगमा टेकेर सबै काम गर्ने हो, कुन ठीक कुन बेठीक भन्ने कुरा बहस, संवाद, छलफलमा तर्क र तथ्य सहित पुष्टि गर्नुपर्ने बताउँदै अनावश्यक पुराना नियम कानुन विस्थापित गर्दै परिमार्जन सहित नयाँ बनाउनुपर्ने उनले बताए । 
सामुदायिक वन उपभोक्ता समूहले वनको संरक्षण गरी पर्यावरण राम्रो बनाउनुका साथै गाउँमा नेताहरुको समेत उत्पादन गरेको अधिकारीको भनाई छ । जंगलको रक्षा गर्ने, कुनै शुल्क राज्यको लगानी नभएको, सामुहिक भावनाको विकास भएको, आन्तरिक र वाह्य पर्यटनमा अगाडि बढेकोमा देशकै गौरव बढेको उनले बताए । 
देशैभरी रहेका २२ हजार भन्दा बढी सामुदायिक वनहरु, गोरखामा रहेका पाँचसय भन्दा धेरै सामुदायिक वनहरुले एक सामुदायिक वन एक उत्पादनमा जोड दिएर अगाडि बढे देशमा छिट्टै समृद्धि आउने उनले बताए । गोरखा बारपाक स्थिर रागर सामुदायिक वनले सिस्नोको पाउडर उत्पादन गरी देश विदेशमा विक्री गरे जसरी अरु बनले पनि फरक उत्पादनमा जोड दिनुपर्ने बताए । 
नेपालमा जंगलको मात्रा बढेको बढ्यै छ तर आफैले संरक्षण गरेको बनका काठ काट्न समस्या झेल्नुपरेका कारण मन्त्रालयमा छलफल गरेर यस्ता विषयहरु समाधान गर्नुपर्ने उनको भनाई छ । जनाप्रतिनिधिको हैसियतले आफूले सकेको सहयोग गर्ने उनले बताए । 
हामीले बाहिरबाट कुनै बस्तु ल्याउँदा नगद तिरेर ल्याउनुपर्ने तर हाम्रा बस्तुुहरु बगेर गइरहेको तर कुनै शुल्क नपाएको उनले बताए । 
सामुदायिक वनमा नविनतम सोच, उत्पादन, उद्यम र समृद्धिमा जोड नारा दिइएको उक्त कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी अध्यक्ष भारती पाठकले महिला दिदी वहिनीहरु वन संरक्षण गर्नुहुन्छ, तर सुत्केरी हुँदा बस्नका लागि चाहिने खटिया बनाउन काठ पाउनुहुन्न भन्दै सरकारले ल्याउन लागेको वैज्ञानिक वन व्यवस्थापन नीति सामुदायिक वन र वन संरक्षणका विरुद्धमा रहेको बताइन । 
सबैले आयस्रोतको रुपमा वनलाई अगाडि राख्दै स्थानीय तह १० प्रतिशत, प्रदेश सरकार २७ प्रतिशत, संघीय सरकार १५ प्रतिशत कर असुल्ने गरी कानुन बनाएको उनको भनाई छ । अव घाँस दाउरा काट्दा पनि पक्राउ पर्ने दिन आउन धेरै समय नलाग्ने उनले बताईन । 
दिगो वन व्यवस्थापन र वैज्ञानिक वन व्यवस्थापन एकै साथ कहिल्यै रहन नसक्ने बताउँदै यसै नीतिका कारण डडेल्धुरा, मोरङ, नवलपुुुर, मकवानपुर लगायतका जिल्लामा सामुदायिक वनका अध्यक्षहरुलाई विभिन्न आरोपमा थुन्ने काम भएको उनको भनाई छ । ढलेका रुखहरु काट्न नदिने तर हरिया रुख सखाप पारेर काट्ने नियत के हो भन्दै उनले प्रतिप्रश्न गरेकी छन् । 
कार्यक्रममा पूर्व सभासद कृष्ण धिताल, सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेश प्रमुख कालीदास सुवेदी, नेपाल पत्रकार महासंघ गोरखा जिल्ला अध्यक्ष किशोरजंग थापा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमा घलेडाँडा राना गाउँ वन उपभोक्ता समूहका सदस्य पहलमान श्रेष्ठ बन डढेलोमा परी मृत्यु भएका कारण सामुदायिक वन उपभोक्ता महासँघका तर्फबाट उनका परिवारलाई एक लाख रुपैयाँको चेक प्रदान गरिएको थियो ।  कार्यक्रम सामुदायिक वन उपभोक्ता महासंघ गोरखाका अध्यक्ष कमल लामिछानेको अध्यक्षता र सचिव सावित्री थापा मगरको सञ्चालनमा जिल्ला समन्वय समितिको सभाहलमा भएको थियो । 

Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter