स्वर्गको कार्यशाला र सार्वभौम नीति पुस्तक लोकार्पण

2018-09-19

काठमाडौं, असोज ३ गते । कुलराज पौडेल (रुपक) द्वारा लिखित स्वर्गको कार्यशाला र सार्वभौम नीति पुस्तक लोकार्पण गरिएको छ । 
लेखन कुञ्ज नयाँबानेश्वर थापागाउँमा रहेको कुञ्ज थिएटरमा सम्माननिय पूर्व प्रधानमन्त्रि माधव कुमार नेपाल र शताब्दि पुरुष सत्यमोहन जोशी ज्यूबाट संयुक्त रुपमा पुस्तक लोकापर्ण गर्नुभएको हो। 
सम्माननिय पूर्व प्रधानमन्त्रि माधव कुमार नेपालले सार्वभौम ज्ञानका पाँच पुस्तकहरु आजको विश्वमा खोजी भैरहको र नयाँ पुस्ता यिनै ज्ञान, सिद्धान्त र प्रयोगको लागि तिर्खाइरहेको बताउन भयो । उहाले यो अवस्थामा कुलराज पौडेलले यिनै ज्ञानको खोजिमा विश्वभरि छटपटाईरहेका आम मानवजातिलाई नेपालबाट ज्ञान, सिद्धान्त र प्रयोगको बाटो देखाउन अब्बल रहेकोमा लेखकलाई धन्यवाद व्यक्त गर्नु भयो । सार्वभौम ज्ञान हरेक राजनैतिक सिमा, जाति र र्धम भन्दा माथि रहेको बताउनुभयो । 
शताब्दि पुरुष सत्यमोहन जोशिले चिन र जापानको नोबल पुरस्कार विजेता लेखकहरु सँग तुलना गरि सार्वभौम ज्ञानका पाँचै खण्ड पुस्तक भोलिका दिनमा अंग्रेजीमा अनुवाद गरेमा  नोबेल पुरस्कारको लागि मनोनित हुन लायक पुस्तक बनेको  बताउनुुभयो । 
उक्त अवसरमा समिक्षक डा. राम प्रसाद दाहालले सार्वभौम दर्शनका पाँच खण्डहरु भविष्यमा नेपालको ईज्जतहुने साथै व्यास र बुद्ध पछि धक्कादार रुपमा नयाँ उचाईको सार्वभौम दर्शन नेपालबाटै पार्दुभाव भएकोमा खुःशि व्यक्त गर्नु भयो । 
सार्भभौम दर्शनका पाँच खण्डहरु मध्य सार्वभौमयुगको विश्व विद्यानले एक विश्व सरकार बनाउनका लागि आवश्यक सम्पूर्ण शैदान्तिक ज्ञानहरुलाई प्रस्तुत गरेको छ । सार्वभौम अध्यात्मले प्रकृति र प्रकृतिको कारण कर्तारुपि ईश्वर लगाएत सुक्ष्म आध्यात्मिक चिन्तनहरुलाई पस्केको छ । जुन चिन्तन सबै धर्म र सम्र्पदायबाट र टाढा र नजिक पनि छैन्न । सार्वभौम विज्ञान नामक पुस्तकमा ब्रम्हाण्ड शक्ति लगाएत अत्यन्त जटिल भौतिक पक्षहरुको व्याख्या गरिएको छ । सार्वभौम नीति चाण्क्य विदुरकै पथमा लागि युग अनुकुल २०१० वटा नीति यस पुस्तकमा समेटिएका छन्  । स्वर्गको कार्यशाला नामक पुस्तक उपन्यास अथवा नाटकको रुपमा प्रस्तुत गरिएको छ । जस भित्र अलौकिक स्वर्गको र वर्तमान पृथ्विको बारेमा बराबर चर्चा गरिएको छ । 
लेखनकुञ्जका अध्यक्ष कमल ढकालले समाजलाई सकारात्मक बाटोमा अगाडि बढाउन कुलराज पौड्याल द्धारा लिखित सार्वभौम दर्शनका पुस्तकहरु महत्वपूर्ण भुमिका रहने बताउनुभयो । कार्यक्रममा सार्वभौम दर्शनकै संयुक्त लोर्कापण गरियो । जसमा सार्वभौम युगको विश्व विधान, सार्वभौम विज्ञान, सार्वभौम अध्यात्म सहित पाँच खण्ड रहेका छन् ।  

 


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

Advertisement
Advertisement

Subscribe our Newsletter