स्व. रामहरी जोशीको प्रतिकात्मक प्रश्न बजारमा

2018-07-15

काठमाडौं । स्वर्गीय नेता रामहरी जोशीको पुस्तक “प्रतिकात्मक प्रश्न” बजारमा आएको छ । 
त्रिवीका पुर्व उपकुलपति डक्टर केदारभक्त माथेमाले  राधानीमा भएको एक बिशेष समारोहमा पुस्तकको लोकापर्ण गर्नु भएको हो । लोकापर्ण गर्दै माथेमाले रामहरी जोशीको अरु पुस्तक भन्दा यो पुस्तक विलकुल भिन्न भएको बताउनु भयो । राजनीतिमा लामो समय बिताएको एक नेताले प्रेम विबाह र यौन बारे आफ्नो धारणा राखेको पुस्तकले रामहरी जोशीको नखुलेको पाटो यसमा आएको उहाँले बताउनु भयो । 
पुस्तकमा समिक्षा गर्दै साहित्यकार डक्टर राम दयाल राकेशले प्रतिकात्मक प्रश्नले मान्छेको जीवनमा भएको प्रश्नको केही उत्तर दिएको र केही प्रश्न जन्माएको बताउनु भयो । यो पुस्तक नेता तथा साहित्यकार बिशेश्वर प्रसाद कोईरालाको मोदी आईन नजिक रहेको बताउनु भयो । रामहरी जोशीको आफनो जीवनमा परेको प्रेम राधाको बिषयमा खुलेर आएको उनले बताए । रामहरी जोशीले किन विवाह गरेनन भनेर प्रश्न सोध्नेहरुलाई प्रतिकात्मक प्रश्नले उत्तर दिएको उहाँले बताउनुभयो । 
रामहरी जोशीका चेला बद्री मास्केले रामहरी जोशीले आफुलाई सर्लाहीको पब्लिक स्कुलमा पढाएकोले 
उहाँको नैतिकता आदर्श प्रति आफुहरु प्रभावित भएको भए पनि केही नयाँ कुरा यहि पुस्तक मार्फत थाहा पाएको बताउनु भयो । 
अर्का वक्ता नुतन थपलियाले रामहरी जोशीको राजनैतिक र साहित्यिक पाटोको चर्चा गर्नु भएको थियो । कार्यक्रममा लेखक तथा प्रकाशक कमल ढकालले यो पुस्तक राजनीतिक कन्फेशनको रुपमा लेख्न खोजिएको बताउदै भन्नु भयो “रामहरी जोशीले माने पनि कालले मानेन कन्फेशन लेख्न खोजिएको भए पनि उहाँले प्रेम विवाह यौनमा आफ्ना नीजि कुरा राखेकोले यो रोचक हुन सक्छ भन्ने लागेर छापिएको हो ।”
ठिक एक बर्ष अघि असार २९ गते रामहरी जोशीको ९२ बर्षको उमेरमा निधन भएको थियो । त्यहि पुन्य तिथिमा उहाँको पुस्तक प्रकाशन गर्नुका साथै  बद्री मास्केको अध्यक्षतामा रामहरी जोशी प्रतिष्ठान पनि घोषणा गरिएको थियो । 

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter