स्व. विन्दुदेवी पाण्डे महिला पत्रकारिता पुरस्कार कविता खड्कालाई

2018-06-19

वीरगंज ५ असार  । नेपाल पत्रकार महासंघकी संस्थापक सदस्य स्व. विन्दु देवी पाण्डेको स्मृतिमा स्थापित महिला पत्रकारीता पुरस्कार २०७५ बाट महिला पत्रकार कविता खड्का पुरस्कृत भएकी छिन् । 
नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा आयोजित पुरस्कार वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहान र बरिष्ठ पत्रकार जगदिश शर्माले संयुक्त रुपमा ११ हजार रुपैयाँको चेक र सम्मान पत्र सहित उनलाई सम्मान गरेको थियो । 
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहानले मिडिया सञ्चालकहरुको श्रम शोषणका कारण पहिला भन्दा अहिले सञ्चारमाध्यममा महिला पत्रकार कमी देखिएको बताएका थिए । सोही कमिलाई पुरा गर्न निकट भविष्य मै नेपाल पत्रकार महासंघ प्रदेश कार्यसमितिले श्रमजिवि पत्रकार र महिला पत्रकारहरुका निम्ति कार्यक्रमहरु ल्याउन लागेको बताएका थिए । उनले साना लगानीका मिडियाहरुका लागी समेत महासंघ प्रोत्साहनका कार्यक्रमहरु ल्याउन लागेको बताएका थिए । 
खड्का राजधानी बाहिर महिलाहरुकै सक्रियतामा पर्साबाट प्रकासित मध्य नेपाल सन्देश साप्ताहीक पत्रिकाकी सम्पादक हुन । २ वर्ष अगाडी पर्सा जिल्लाका महिला पत्रकारहरुको सहभागितामा उनले पक्रिका प्रकाशन सुरु गरेकि थिईन् । यसअघि ८ वर्षदेखी वीरगंजको सामुदायिक रेडियो नारायणी एफ.एम.मा महिला कै विषयमा रेडियो कार्यक्रम चलाउँदै आएकी थिईन् ।
समाजिक सुझबुझ भएकी महिला पत्रकार कविता खड्का रहेकी बरिष्ठ पत्रकार जगदिश शर्माले बताएका थिए । उनले २० वर्ष अगाडी महिलाहरु विद्यालय जान रुचाउँदैन्थे तर त्यही कन्या विद्यालय भए पढ्न जान्थे त्यसैगरी उनले २ वर्षदेखी निरन्तर मध्य नेपाल पत्रिका मार्फत महिला पत्रकारहरुलाई आवद्ध गराई समाजलाई योगदान दिदै आएकोमा प्रशांसा गरेका थिए । 
यसैगरी नेपाल पत्रकार महासंघका प्रदेश नम्बर २ का उपाध्यक्ष केसी लामिछाने प्रतिष्ठानले महिलाहरुलाई प्रोत्साहित गर्ने काम सराहनिय रहेको बताएका थिए । उनले महिला पत्रकारहरुको सहभागितालाई लिएर एक प्रकारको छलफल आवश्यक्ता रहेकोमा जोड दिएका थिए । 
यसैगरी वीरगंज महानगरपालिकाकी उप मेयर शान्ति कार्कीले पत्रकारको नेतृत्व विकासका जस्ता तालिम, वा कार्यक्रमका लागी महानगरपालिका जहिले पनि तयार रहेको बताएका थिए । भने पुरस्कृत हुनु भएकी महिला पत्रकार कविता खड्कालाई यो पुरस्कारले अझै बढी जिम्मेवार र कर्तव्य निष्ट भई पत्रकारीता गर्न अभिप्रेरित गरोस् भनि शुभकामना व्यक्त गरेकी थिईन् । 
यसैगरी नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जाराले प्रतिष्ठानले गर्दै आएको काम महासंघको भएपनी महिलाहरुको प्रतसाहनका निम्त हुदैँ आएको कामलाई महासंघले सधै उतप्रेरण गर्दै जाने बताएका थिए । 
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटि पर्साकी उपाध्यक्ष मधु राणा, ठाकुरराम बहुमुखि क्याम्पसका प्रध्यापक हरेराम ठाकुर, पत्रकार सरोज खड्का लगायतकाले मनतव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा समाजसेवी उषा साह, दिव्य लक्ष्मी शाक्य, स्व. विन्दु देवी पाण्डेकी श्रीमान् सुदर्शनराज पाण्डे, माईति नेपाल पर्साकी संयोजक संगिता पुरी, पत्रकार महेश चन्द्र गौतम, चेली कृषि सहकारीकी संस्थापक अध्यक्ष कमला घिमिरे, फोटो पत्रकार समुह पर्साका अध्यक्ष विजय चौहान, दलित महिला संघकी अध्यक्ष निला राम, सामुदायिक प्रहरी सेवा केन्द्रकी सञ्जु दहाल लगायतको उपस्थिति रहेको थियो । प्रतिष्ठानका अध्यक्ष बिजय प्रकाश विनको सभापतित्वमा समपन्न कार्यक्रमको सहजिकरण विजय भण्डारीले गरेका थिए । 
 

 


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

Advertisement
Advertisement

Subscribe our Newsletter