हजारौं शब्द एउटै तस्बिरले बोल्छः सभामुख

2018-04-27

काठमाडौं । सभामुख कृष्णबहादुर महराले हजारौं शब्द एउटै तस्बिरले बोल्ने बताउनुभएको छ । राष्ट्रिय फोटो पत्रकार समूहद्वारा आयोजित राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७४ वितरण समारोहलाई सम्बोधन गर्दै सभामुख महराले तस्बिरको शक्ति चर्चा गर्दै यस्तो बताउनुभएको हो ।
‘हज्जारौं शब्द एउटा तस्बिरले बोल्छ, सभामुख महराले भन्नुभयो,‘तस्बिर यति शक्तिशाली हुन्छ कि हजारौं शब्दले व्यक्त गर्न नसकिने कुरा एउटै तस्बिरबाट प्रष्ट भइदिन्छ ।’
तस्बिरमा सत्य तथ्यहरु आफै बोल्ने भन्दै महराले त्यसले समाज, देश, राजनीतिको वास्तविकता देखाइदिने बताउनुभयो ।फोटो पत्रकारिताले इतिहास जोगाउने निकै महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै सभामुख महराले तस्बिरहरु आफ्नो समयको इतिहास भएको बताउनुभयो । 
‘तपाईं फोटो पत्रकारहरुले इतिहास जोगाउने निकै महत्वपूर्ण जिम्मेवारी पूरा गरिरहनुभएको छ, उहाँले भन्नुभयो, ‘समाजको वास्तविक चित्र उतार्न र इतिहास साक्षी राख्न आफ्नो काममा सक्षम र सफल हुनुहोस्, मेरो शुभकामना छ ।’
लामो समय फोटो पत्रकारिता गरेर योगदान पु¥याएका वरिष्ठ फोटो पत्रकार गोपाल चित्रकारलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गर्दै सभामुख महराले फोटो पत्रकारिताको माध्यमबाट पु¥याएको योगदानको कदर गरेकोमा खुसी व्यक्त गर्नुभयो । 
‘अथक मेहनत र दुःख कष्ट सहेर लामो समय फोटो पत्रकारितामा मेहनत गर्नुभएका गोपाल चित्रकारलाई सम्मान गर्न पाउँदा मलाई निकै खुसी लागेको छ’ सभामुख महराले भन्नुभयो,‘उहाँले विगतमा थुप्रै जोखिमहरु मोलेर फोटो पत्रकारिताको बाटो देखाउनु भयो र अहिले यति ठूलो समूह फोटो पत्रकारिताको क्षेत्रमा होमिएको छ । उहाँको योगदानको फोटो पत्रकार समूहले सही मूल्याङ्कन गरेकोमा मलाई खुसी लागेको छ ।’
समारोहमा ग्लोबल आइएमई लाइफ टाइम अचिभमेन्ट अवार्डका साथै विभिन्न १२ वटा विधामा उत्कृष्ट फोटो पत्रकारहरुलाई अवार्ड प्रदान गरिएको थियो ।
फोटो पत्रकार समूहका अध्यक्ष ध्रुव आलेको अध्यक्षतामा भएको अवार्ड वितरण समारोहको उद्घाटन प्रमुख अतिथि सभामुख कृष्णबहादुर महराले फोटो खिचेर गर्नुभएको थियो । 

 


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

Advertisement
Advertisement

Subscribe our Newsletter