हलो जोत्ने सांसदले मन्त्री भएपछि के गर्लान् ?

13 दिन अगाडी

काठमाडौं । सरकार फेरवदल हुने चर्चा चलिरहेका बेला धेरै सांसदहरु मन्त्रीको लागि ‘लविङ’ गर्न थालेका छन् तर केही सांसदहरु भने पार्टीले चाहेमा मन्त्री भएर जनताको थप सेवा गर्ने भनेर बसेका छन् ।
सम्भवतः असोजको पहिलो सातासम्म केपी शर्मा ओलीको मन्त्रिपरिषद् हेरफेर हुन सक्ने समाचारस्रोतले जनाएको छ तर को पाखा लाग्ने र को चाँहि भित्रिने भन्ने कसैले पनि भन्न सकेका छैनन् । पार्टीका अध्यक्षद्धयको र पहुँचवाला अन्य नेताको दिनरात चाकडी नगर्नेहरु भने योग्य भएर पनि अवसर नपाउने सम्भावना सधैं रहेको छ । तेह्रथुमबाट संविधानसभाको २०७० को र प्रतिनिधिसभाको २०७४ सालको निर्वाचनमा निर्वाचित भवानीप्रसाद खापुङ पार्टी र जनतामाझ पनि निकै लोकप्रिय छन् । 
२०६४ सालको संविधानसभाको निर्वाचनमा कांग्रेस उम्मेदवार तुलसी सुव्वासँग पराजित भएका उनी निरन्तर रुपमा जनताकै काममा लागे । उनले प्रतिनिधिसभाको यो निर्वाचनमा नेकपाको साझा उम्मेदवार भएर नेपाली कांग्रेसकी उम्मेदवार सिता गुरुङलाई २ हजार २१ मतले पराजित गरे । पार्टीकी केन्द्रीय सदस्यसमेत रहेकी उनी निर्वाचनका बेला भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री थिइन् । ‘निर्वाचनमा पराजित भएपछि पनि जनतासँगको नियमित भेटघाट र सम्पर्क बढाएँ त्यही फलस्वरुप त्यसपछि मलाई निरन्तर सफलता हात प¥यो’ उनले भने ‘म निर्वाचित भएपछि सधैं जनताको काममा नै लागें, पार्टीका मान्छेले मात्र होइन मलाई सबैले मतदान गरेकाले को मान्छे मेरो पार्टीको हो कि होइन मलाई भोट दियो कि दिएन भनेर खोजी गर्दिन ।’ उनले श्रीलंका, जापानलगायतका देशको भ्रमण गरेर त्यहाँको संसदीय प्रक्रियाका साथै अन्य विषयमा पनि ज्ञान हासिल गरेका छन् ।
उनी प्रतिनिधिसभाको बैठक केही दिनसम्म नचलेको अवस्थामा गाउँ पुगिहाल्छन् । ‘केन्द्रमा बसेर अनावश्यक गफ गर्नुभन्दा पनि दुई चार दिन भएपनि गाउँ पुगेर जनताको दुःख सुख बुझौं भन्ने लाग्छ’ अहिले जिल्लामै रहेका सांसद खापुङले भने ‘ दायाँवायाँ गर्न र जनतालाई ढाँट्न जान्दिन त्यही भएर पनि कहिलेकाँही पछि परें कि जस्तो पनि लाग्छ ।’ उनी २०५४ सालको स्थानीय निकायको निर्वाचनमा मोराहाङ गाउँ विकास समितिको अध्यक्ष भनेपछि राजनीतिक उचाई थप बलियो बनाउँदै लगे । स्नातकसम्म अध्ययन गरेका उनले ८ वर्षसम्म विद्यालयमा पढाए । उनी शिक्षकबाट राजीनामा दिएर जनताको सेवामा लागेका हुन् । २०५४ सालदेखि नै नेकपा एमालेको पार्टी प्रमुख भएर जिल्लामा १५ वर्ष अरु पार्टीको पनि मन जितेर काम गरेका उनी सधैं सर्वसम्मत रुपमा नेतृत्वमा आए । २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उनले एमालेका उम्मेदवारलाई जिताए । २०३६ सालको विद्यार्थी आन्दोलनबाट प्रेरित भएका उनी जनताको काम गर्न पाएकामा खुशी भएको बताउँछन् ।
उनले संसदको आफ्नो ७ वर्षे कार्याकालमा विकासका कामलाई उच्च प्राथमिकता दिएको बताए । उनी नेकपा एमालेको गत महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बनेका थिए तर थोरैमात्र मतले पराजित भए । ‘मैले जे गरेको छु त्यो अनुभुति जिल्लावासीले गरेका छन्, नभए एकपटक जिल्लामा बुझे हुन्छ’ उनले भने ‘विकट र दुर्गम भएकाले अझै पनि धेरै गर्न बाँकी छ, सबैलाई योजना बनाएर सम्पन्न गर्दै लाने हो ।’ तेह्रथुममा प्रतिनिधिसभाको एकमात्र निर्वाचन क्षेत्र छ । लकडाउनका बेला घर पुगेका उनले हलो जोतेको तस्विर निकै भाइरल भएको थियो । उनले आफू किसानको छोरो भएकाले हलो जोत्न सधैं मन लाग्ने बताउँछन् ।
खापुङले पहिलेदेखि नै विभिन्न ठाउँमा बसेर जिल्लाका लागि जति गरे त्यसमा आफू सन्तुष्ट भएको बताए । मन्त्री हुँदा भने देशकै लागि केही गर्न सकिन्थ्यो कि भन्ने उनलाई लागेको छ । ‘नीति निर्माणको तहमा पुगेर त्यहाँ भएको गलत संरचना र विकृतिको विरुद्ध आवाज उठाउन सकियो भने अरु धेरै काम गर्नुपर्छ भन्ने लाग्दैन’ उनले आशावादी हुँदै भने ‘धेरै मानिसहरु मन्त्री भएर बद्नाम भएका छन्, जनताभन्दा आफू ठूलो भएको भन्दै धरातल बिर्सने गरेका छन् यो गलत संस्कारको पनि अन्त्य गर्नु जरुरी छ ।’
नेकपाको सरकार बनेको ३० महिना बितिसकेको छ । जनताका चाहना धेरै भएकाले बेलामौका सरकारमाथि लाग्ने गरेका आरोप पनि उनले राम्ररी बुझेका छन् । ‘नेतृत्व गर्नेलाई कहिलेकाँही आलोचना हुनु अस्वभाविक होइन तर सबै काम सरकार एक्लैले गर्न नसक्ने भएकाले जनताले पनि सहयोग र समर्थन गर्नुपर्दछ’ उनले भने ।


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter