हावा गफ गर्ने मन्त्री र कर्मचारीलाई कारवाही गर्न युवा नेता वाग्लेको माग

1 महिना अगाडी

काठमाडौं । नेपाली कांग्रेस (विपी) का युवा नेता सुशीलराज वाग्लेले बिहीबार यातायात खुल्यो भनेर हावादारी गफ गर्ने मन्त्री र कर्मचारीलाई कारवाही गर्न माग गरेका छन् ।
पार्टीको प्रचार विभाग समिति समेत रहेका वाग्लेले आज फेसबुकमा स्टाटस लेख्दै मन्त्री र कर्मचारीको काम कारवाहीका कारण जनतामा भ्रम फैलिएको बताएका छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ) का नुवाकोटका अध्यक्ष वाग्लेले सामाजिक सञ्जालमा मिडियामाथि आलोचना गरेकोमा समेत आपत्ति जनाएका छन् । सरकारले गरेको निर्णय अनुसार नै सञ्चारमाध्यमलले लेखेको हुँदा मिडियामाथि जाइलाग्नुको कुनै अर्थ नरहने बुझाई छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले बनाएको उच्चस्तरीय समितिले आज र भोलि लामो दुरीमा यातायात चलाएर उपत्यकामा रहेका मानिसलाई गाउँसम्म लैजाने निर्णय गरेको थियो तर केही मन्त्री र प्रदेशका मुख्यमन्त्रीले असन्तुष्टि जनाएपछि सरकारले आफ्नै केही छिन अघि गरेको निर्णय रद्य गरेको थियो ।
सरकारले निर्णय फिर्ता लिनुअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले योहो टेलिभिजनमा अन्तरवार्ता दिँदै निर्णय भएको जनाएका थिए । तर समितिका संयोजक उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले समितिको बैठक नबसेको र कुनै पनि निर्णय नभएको भनी बचाउ गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को आधिकारिक पेजमा नै २ दिनको लागि लकडाउन खुलाइएको उल्लेख गरिएको थियो तर पछि त्यसैमा अर्को सूचना जारी गरी निर्णय रद्य गरिएको जनाइएको थियो । चैत्र ११ गतेबाट सुरु भएको लकडाउनलाई सरकारले २ पटकसम्म थपेर बैशाख ३ गतेसम्म लम्ब्याएको छ ।


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter