हेराल्ड कलेजद्वारा विद्यार्थीहरु सम्मानित

25 दिन अगाडी

काठमाडौं ।  हेराल्ड कलेज काठमाडौंको पहिलो दिक्षान्त आज बुधबार समारोह सम्पन्न भएको छ । दिक्षान्त समारोहमा बिएस्सी अनर्स कम्प्युटर साइन्स कोर्ष पुरा गरेका ६७ जना बिद्यार्थीलाई बेलायत स्थित उल्भरहेम्टन विश्वविद्यालयका सह उपकुलपति टिच स्टिलले दिक्षान्तको प्रमाणपत्र प्रदान गर्नुभयो । सन् २०१६ को सेप्टेम्बरबाट कक्षा शुरु गरेको हेराल्ड कलेज काठमाडौं विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमध्य उत्कृष्ठ मानिन्छ ।  दिक्षान्त समारोहमा बोल्दै प्रमुख अतिथि सहकुलपति  टिच स्टिलले नेपालमा सम्बन्धन प्राप्त कलेजले उत्कृष्ट शिक्षा दिएको बताउनुभयो । आज दिक्षीत हुने विद्यार्थीलाई म बधाइ दिन चाहन्छु, आशा छ कि भविश्यमा तपाईहरुले देशको लागि उल्लेखनीय काम गर्नुहुन्छ । सो विश्वविद्यालयले मेरिल्याण्ड कलेज विराटागर लाई समेत सम्बन्धन दिएको छ ।  विदेशका कुनैपनि कलेजलाई सम्बन्धन दिदा कलेजको बारेमा अध्ययन गरेर मात्र दिन्छौ । हेराल्ड कलेज काठमाडौंलाई दिएको सम्बन्धन र यहाँको शिक्षाले नेपालको शिक्षा क्षेत्रमा ठुलो योगदान पुग्नेछ–उहाको भनाई थियो । उहाले उभ्धरहेम्टन विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेजबाट उतिर्ण विद्यार्थी मध्य ९६ प्रतिशतले रोजगारी हासिल गरेको बताउनुभयो । 
हेराल्ड कलेज काठमाडौंले चारवर्षे ब्याचलर अफइन्टरनेशल  विजनेश म्योजमेन्ट  र तीन वर्षे बिएस्सी अनर्स कम्प्युटर साइन्स कक्षा संचालन गरिरहेको छ । दिक्षान्त समारोहमा बोल्दैे विश्वविद्यालयका अन्तरदेशिय शिक्षा प्रमुख डा क्रिष्टोफर डेनेटले दिक्षीत विद्यार्थीलाई शुभकामना दिदै यो कलेजमा पढ्ने विद्यार्थीले विश्वको कुनैपनि देशको शिक्षामा प्रतिस्पर्धा गर्न सक्ने बताउनुभयो । आइएनजी ग्रुपले संचालन गरेको हेराल्ड कलेज काठमाडौको बारेमा जानकारी दिदै ग्रुपका अध्यक्ष शुलभ बुढाथोकीले यहा अध्ययनरत विद्यार्थीले नेपालको सरकारी निकाय, उत्कृष्ट ब्यापारिक प्रतिष्ठानमा रोजगार पाइरहेको बताउनुभयो । उहाले भन्नुभयो–वेलायती विश्वविद्यालयको डिग्री विश्वकै उत्कृष्ट रहेको दाबी गर्दै यहाँ पढ्ने विद्यार्थीहरु सुचना प्रविधि क्षेत्रमा अग्र स्थानमा रहेको धारणा राख्नुभयो । उहाले उच्च शिक्षा अध्ययनको क्रममा विदेश गएपछि आफ्नै देशमा आएर श्रम गर्न आग्रह गर्नुभयो । भन्नुभयो–तपाईहरु विदेश जानुस तर उच्च शिक्षा हासिल गरेपछि नेपाल फर्कनुस । 
पहिलो दिक्षान्त सम्पन्न गर्न पाउदा हामीलाई धेरै खुसी लागेको छ , त्यतिनै खुसी विद्यार्थीले थप प्रगति गरोस भन्ने लागेको छ–बधाइँ दिने क्रममा उहाले भन्नुभयो । अध्यक्ष बुढाथाकीले वेलायती शिक्षाले गर्दा नेपाली विद्यार्थीमा स्वअध्ययन बढेको धारणा समेत व्यक्त गर्नुभयो । कार्यक्रममा हेराल्ड कलेज काठमाडौका प्रमुख कार्यकारी अधिकृत (सिइयो) प्रकाश श्रेष्ठले आफ्नो धारणा राख्नुभएको थियो ।  अध्यक्ष बुढाथोकीले आइएनजी ग्रुप अन्तर्गत संचालित पाच वटा कलेजले करिब ५ सय युवालाई रोजगारी दिएको जानकारी दिनुभयो । उहाले सन् २०२५ भित्र करिब १० हजारलाई रोजगारी दिने घोषणा गर्नुभयो । ती संस्थामा अध्ययनरत मध्य करिब ४ हजारले ग्रयाजुएट हासिल गरेको र ४ हजारको संख्यामा पुर्व विद्यार्थीको एल्मुनाई संगठित रहेको छ । 
 

 


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

Advertisement
Advertisement

Subscribe our Newsletter