हैनभने प्रेस काउन्सिल खारेज गरे हुन्छ

2 महिना अगाडी

अनिलभक्त खरेल
यतिबेला नेपाली सञ्चार क्षेत्रको भूमिका सकारात्मक भन्दा पनि नकारात्मक प्रवृत्ति हावी भएको छ । पत्रकारिताको आडमा गलत कार्य गर्नेहरूकै कारण सिंगो पेशा बद्नाम भैरहेको छ । सकारात्मक प्रवृत्तिलाई स्थापित गराउँदैं नकारात्मक प्रवृत्ति र पात्रलाई सच्याएर अघि बढ्नु पर्नेमा नकारात्क प्रवृत्तिलाई नै बढी प्रश्रय दिइएको छ । सबैभन्दा बढी पत्रकार आचारसंहिता उल्लंघन गर्नेहरूनै काउन्सिलमा सर्वेसर्वा भएपछि उनीहरुको गल्तीलाई कस्ले कार्वाही गर्ने रु“जो मुली उही बाटो ।।।।” भने र्झै कार्वाही गर्ने निकायमा बसेकाबाटै नियम उल्लंघन भएपछि कसरी विधिको शासन हुन्छ र रु उपल्लो निकायमा बस्नेहरुनै अर्कालाई चोर औला तेस्र्याइरहेका छन् । चोर औला तेस्र्याउनेहरुले बुझुन् कि बाँकी ४ औलाले उनीहरुलाई नै गिज्याइरहेको छ । हैनभने प्रथम पृष्ठमा प्रमुख समाचार बनाएर अर्काको मानहानी गर्ने अनि भित्री पृष्ठमा भंगेरी अक्षरमा भुलसुधार गर्नेलाई के भन्ने रु नेपाली प्रेस जगतमा अहिले गल्तीमाथि गल्ती गर्नेहरुको हावी छ । यो सब प्रेस काउन्सिलनै निकम्मा भएर हो । यसरी गल्ती माथि गर्नेहरूमाथि कडाभन्दा कडा कार्वाही नहुने हो भने प्रेस काउन्सिल विघटन गरे हुन्छ । यसको लागि सर्वप्रथम प्रेस काउन्सिलमा कुनै पनि सञ्चार माध्यममा संलग्न नभएको व्यक्तिलाई अध्यक्ष बनाउनु पर्छ नकि पार्टीका झोले रु पछिल्लो समयमा प्रेस काउन्सिलले पत्रकार आचारसंहिता पालना गराउने भन्दा पनि अर्काको हुर्मत खोल्ने, आप्mना विरोधीहरुलाई पाखा लगाउन न्वारनदेखिको बल देखाउने काम भैरहेको छ । अहिले पार्टी इतरका पत्रकारहरूसम्मानित नहुने, पुरस्कृत नहुने, पत्रपत्रिकाको वर्गीकरणमा पनि तल्लो तहमा पर्नुपर्ने, जनताको आवाज बोल्नेहरु पत्रकारका रुपमा दर्ज नहुने काम भैरहेको छ ।
नेपालमा दर्ता भएका ७ हजार भन्दा बढी पत्रपत्रिका मध्ये अहिले नियमित रुपमा प्रकासित हुने पत्रपत्रिकाको संख्या १ हजारको हाराहारिमा छ । त्यसमध्ये करीब ९ सय पत्रपत्रिका बर्गीकरणमा परेर राज्यबाट वितरण हुने समानुपातिक विज्ञापनरुपी हण्डि खाइरहेका छन् । राज्यले बार्षिक ३०औं करोड भन्दा बढी रकम खर्च गरिरहेको ती पत्रपत्रिकाको लागि । त्यस्तै प्रस काउन्सिलको खर्च झण्डै ५ करोड र त्यत्तिकै हाराहारिमा सुचना विभागको खर्च छ । यस हिसाबले झण्डै आधा अर्ब रुपैया तिनीहरुमाथि लगानी भैरहेको छ । तर प्रतिफल हात लाग्यो सुन्य भैरहेको छ ।
झण्डै आधा अर्ब खर्च भएपछि राज्य र जनताको पक्षमा बोल्नु पर्यो नि रु तर उनीहरुको पक्षमा बोल्ने कोही छैनन् र भएनन् पनि । जुन पछिल्लो समयले पुष्टि गरिसकेको छ । लाखौं जनता सडकमा आउँदा तीनिहरुको समाचार छाप्ने आँट कसैले गरेनन् । सारा देश रविमय भैरहँदा हण्डी खाने ९ सय मध्ये अधिकांशले सानो समाचार पनि प्रकाश गरेनन् । सबै रविलाई फसाउने भजनमण्डीकै पक्षमा रहे । उनीहरुले राम्रो हेक्का राखुन् गाई खाने बाघले मान्छे पनि खान्छ । विचरा तिनीहरुले पनि के गरुन् रविको र जनताको पक्षमा समाचार छापे बापत उनीहरुकि त वर्गीकरणमा पर्दैनन् परिहाले पनि तल्लो श्रेणीमा पर्नेछन् । त्यसैले उनीहरु सत्यको पक्षमा बोल्न डराए । यस्ता कुखुरे छाती भएकाहरुले पनि के पत्रकारिता गर्नुरु
पत्रकारिता गर्नेहरुले बुझुन् कि त्यागले मात्र व्यक्ति महान हुन्छ । के प्रेस काउन्सिलका कावा अध्यक्ष त्याग गर्न तयार छन् रुकाउन्सिलको कावा अध्यक्ष वा पत्रिकाको सम्पादक रु के आम छापा माध्यम त्याग गर्न सक्छन् विज्ञापनरुपी हण्डी जुन जनपक्षीय समाचारको बाधक छ । रवि र आम जनताको खेदो खन्नेहरुले यो बुझुन् कि उनलेनेपालमा पत्रकारिता गर्न अमेरिका जस्तो सम्पन्न मुलुकको नागरिकता त्यागे । जबकी १७ हजार जनता मार्नेहरुलाई यही अमेरिकामा घुम्न नदिएको झोकमा बेला न कुबेला भेनेजुयला बोल्न पुगे अन्ततः भिजेको मुसो जस्तै अमेरिकामा आएर फर्किए पनि । मासिक २०।३० हजारको लोभमा अन्याय परेको माथि कलम नचलाउनेहरुले पछि देशलाई शंकट परेको बेलामा  कलम चलाउलान् भन्ने के ग्यारेन्टी रु सिक्किम यस्तैका कारण भारतमा विलय भएको हो । त्याग नै सबैभन्दा ठुलो चीज हो । यदि रविले अमेरिका नत्यागेको भए उनी अहिले रवि हुँदैनथे । त्यस्तै काले राईले घरबार नत्यागेका भए उनी डा। स्वामी प्रपन्नाचार्य हुँदैनथे, योगी नरहरिनाथःले त्याग नगरेको भए उनी राष्टगुरु हुँदैनथे । प्रल्हादले त्याग नगरेको भए उनी राजा हुँदैनथे , ध्रुवले त्याग नगरेको भए उनी पनि ध्रुव हुँदैनथे । बुद्धले त्याग गरे बुद्ध भए । राम, लक्ष्मण र सीताले त्याग गरे राम, लक्ष्मण र सीता भए । विभिषणले त्याग गरे पछि लंकाको राजा भए । देवकीले त्याग गरेर नै श्रीकृष्णको जन्म भएको हो । त्रिभुवनले त्याग गरे राष्टपिता भए । ज्ञानेन्द्रले पनि त्याग गरेका छन् पछि केही होलान् । त्याग नगर्ने दुर्योधनको के हविगत भयो र त्याग गर्ने पाण्डवको के भयो इतिहास साक्षी छ । लोभ, मोह, सत्ता, शक्ति, पावरको कसैले दम्भ नदेखाए हुन्छ । समय साइकलको पाड्ग्रा हो । शिखरमा पुगेको मान्छे कहिले जमिनमा पनि गिर्नै पर्छ । कसैले आप्mनो धरातल नर्बिसिउन् । धृतराष्टरुपी अन्धकार हटाउन् हैनभने कुरुक्षेत्रमा कौरवसेना नाशभए झै नाश हुनुपर्ला । चेतना भया ।अस्त’। 
भर्जिनिया, अमेरिका

 


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

Advertisement
Advertisement

Subscribe our Newsletter