ॐ हस्पिटलमा ‘सर्जरी विशेष’ प्याकेज अफर

9 महिना अगाडी

काठमाडौं । काठमाडौंको चावहिलमा रहेको ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले अंग्रेजी नयाँ बर्ष २०२० को अवसर पारेर आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अभूतपूर्ब सहुलियत अफर सहितका सर्जरी प्याकेज अघि सारेको छ।
प्याकेज अन्तर्गत अस्पतालले दुई किसिमका सर्जरी सेवा अगाडि सारेको छ । पहिलो किसिमको प्याकेजलाई  इन्टरमिडिएट सर्जरी भनिएको छ जस अन्तर्गत मात्र रु.३२,००० हजार रुपैंयामा शल्यकृया गराउन सकिने समाचारमा जनाइएको छ ।
दोश्रो किसिमको प्याकेज अन्तर्गत भने मेजर अप्रेशन समावेश गरिएको छ । यस प्याकेज अन्तर्गत मात्र रु.३६,००० मा अप्रेशन गराउन सकिने बताइएको छ ।
प्याकेजमा ल्यापरोस्कोपिक बिधिबाट (दुरबिनको प्रयोगबाट) पित्त थैलीको पथ्थरी, एपेन्डिक्स लगायतका सर्जरीहरुका अलावा स्त्रीरोग सम्बन्धि पाठेघरको अप्रेशन समेत समावेश गरिएको छ । यसको साथमा  ओपन अथवा चिरेर गर्नुपर्ने हर्निया, हाइड्रोसिल, फिस्टुला आदि सर्जरीहरु समेत समावेश रहेका छन् ।
सर्जरी चार्ज, बेड चार्ज, ल्याव टेस्ट र डाक्टरको कन्सल्टेशन चार्ज समेत समेटिएको यस प्याकेज अन्तर्गत सर्जरी गराउने बिरामीहरुलाई प्राथमिकताका आधारमा क्याबिन बेड उपलब्ध गराइने अस्पतालका प्रबन्ध संचालक बाबुकाजी कार्कीले बताउनु भएको छ ।  क्याबिन खाली नरहेको अवस्थामा भने बिरामीले जनरल बेडमा बस्नु पर्ने उहाँको भनाई छ ।
सर्जरी प्याकेजका बारेमा थप जानकारीका लागि अस्पतालको  कर्पोरेट डेस्कमा प्रत्यक्ष  सम्पर्क गर्न सकिनेछ ।  कल सेन्टरको नम्बर ०१४२२७६२२५ मा अथवा मोबाइल नम्बर ९८०२०७६२४७ र ९८०२०७६२२५ मा कल गरेर पनि जानकारी लिन तथा  नाम दर्ता गर्न सकिने ब्यवस्था गरिएको अस्पतालबाट प्राप्त समाचारमा उल्लेख गरिएको छ । प्याकेज अफर यही २०७६ साल पुस १९ गते देखी पुस २९ गतेसम्म लागू हुने समाचारमा जनाइएको छ ।

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter