१३२ औं जन्मजयन्तीः इतिहासशिरोमणि आचार्यका योगदनको बिषयमा प्रबुद्धहरुको छलफल

7 महिना अगाडी

काठमाडौँ । वरिष्ठ साहित्यकार एवम् इतिहासविद्हरुले इतिहासशिरोमणि बाबुराम आचार्यका कृति संरक्षण र प्रवद्र्धन गर्न सबैको पहल आवश्यक रहेकोमा जोड दिनुभएको छ ।
इतिहासशिरोमणि आचार्यको १३२ औँ जन्मजयन्तीका अवसरमा यहाँ आयोजित ‘बाबुराम आचार्य र उहाँको योगदान’ विषयक विचार गोष्ठीमा उहाँहरुले आचार्यका प्रकाशित÷अप्रकाशित सबै कृतिको खोज अनुसन्धान गरी जस्ताको तस्तै प्रकाशन गर्न र संरक्षण गर्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आचार्यको अध्ययनमा सम्लग्न संघसंस्थासँग मिलेर प्रतिष्ठानले उहाँका कृति संरक्षण र सम्वद्र्धनका लागि आवश्यक कार्य गरिरहेको जानकारी गराउँदै आचार्यको नाममा विशिष्ट पुरस्कार स्थापना गर्न सरकारसँग आग्रह गर्ने बताउनुभयो ।
नेपालको इतिहास, भाषा, साहित्यलगायत क्षेत्रमा इतिहासशिरोमणि आचार्यको योगदानलाई संस्थागत गर्न सबैको सहयोगको अपेक्षा गर्दै आचार्यका अप्रकाशित कृति आगामी दिनमा प्रकाशन गर्दा मूलभावमा तोडमोड गर्न नहुने धारणा व्यक्त गर्नुभयो ।
इतिहासशिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष प्राडा तुलसीराम बैद्यले आचार्यलाई राज्यले इतिहासशिरोमणि पदवी दिएर ठूलो सम्मान गरेको भन्दै आचार्यको विद्वताको कदर गर्न उहाँका सबै कृति संरक्षण गरी नयाँ पुस्ता समक्ष ल्याउनुपर्ने विचार व्यक्त गर्नुभयो । 
कार्यक्रममा प्राडा त्रिरत्न मानन्धरले ‘बाबुराम आचार्य र उहाँको योगदान’ विषयक कार्यपत्र प्रस्तुत गर्दै इतिहासशिरोमणि आचार्यले नै सगरमाथाको नामाकरण पहिलो पटक प्रकाशनमा ल्याएको बारेमा जानकारी गराउनुभयो । प्राडा मीना ओझाले कार्यपत्रमाथि टिप्पणी गर्दै इतिहास र साहित्यलगायत क्षेत्रमा आचार्यले गर्नुभएको योगदान आजको पुस्ताको लागि इतिहासको स्रोत बनेको उल्लेख गर्नुभयो ।  
पूर्व राजदूत एवम् आचार्य बन्धु समाजका संस्थापक अध्यक्ष राजेश्वर आचार्यले विश्वमा नेपाललाई चिनाउने एभरेष्ट शब्दसँगै कोेष्ठमा सगरमाथा पनि उल्लेख गर्न सरकारले पहल गर्नुपर्ने सुझाव दिनुभयो । 
कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्याय, प्रतिष्ठानको समाजशास्त्र विभाग प्रमुख प्रा दिनेशराज पन्त, प्रतिष्ठानका महासचिव बाबुराम आचार्यलगायतले आगामी पुस्ताका लागि समेत मुलुकको गौरवमय इतिहास जीवन्त राख्न इतिहासशिरोमणि आचार्यको योगदान अतुलनीय रहेको बताउनुभयो ।


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

Advertisement
Advertisement

Subscribe our Newsletter