१६ वर्षदेखि औद्योगिक विकास निगममा ताला

4 महिना अगाडी

– काशीराम शर्मा
बाँके । करीब २० वर्ष अघिसम्म अहिलेजस्तो वाणिज्य बैंकहरू थिएनन् । बैंकिङ कारोवारका विषयमा नागरिकहरूमा पनि धेरै चेतना थिएन । सामान्य रकम चाहिएमा साहुसँग ऋण लिएर व्यापार व्यवसाय चलाउँदै साहुलाई ब्याजसहित फिर्ता गर्नुपथ्र्यो । सानो उद्योग सञ्चालन गर्नका लागि साहुकै भर पर्नुपथ्र्यो ।
वाणिज्य बैंकहरू नहुँदा भनेजस्तो ऋण पाउन पनि मुस्किल थियो । २० वर्षअघिको समयलाई नजरअन्दाज गर्ने हो भने अझ पञ्चायतकालीन अवस्थामा स्थिति झन् फरक हुन्थ्यो । अहिले जस्तो प्रशस्तै मात्रामा वाणिज्य बैंकहरू नभएको र उद्योगधन्दा तथा व्यवसाय सञ्चालन गर्न खोज्नेका लागि ऋण लगानी गरिदिने भरपर्दो सरकारी निकाय पनि थिएनन् । 

तत्कालीन समयमा विकास बैंकहरू नभएको अवस्थामा बैंकको विकल्पको रूपमा कार्य गर्ने गरी नेपाल सरकारको स्वामित्वमा सञ्चालित संस्थानका रूपमा विसं २०१६ मा नेपाल औद्योगिक विकास निगम लिमिटेड सञ्चालनमा आयो । यसले उद्योगधन्दा सञ्चालन गर्ने उद्योगी व्यवसायीलाई ऋण लगानी गर्ने वातावरण तयार भयो । 
नेपाल राष्ट्र बैंकको वर्गीकरणअनुसार ‘ख’ वर्गमा पर्ने बैंकका रूपमा सञ्चालनमा आएको संस्थानलाई नेपाल औद्योगिक विकास निगम ऐन, २०४६ अनुसार यो संस्थाका रूपमा सञ्चालनमा ल्याइयो । ऋण लगानी गर्नका लागि अन्य कुनै निकाय नभएका बेला सञ्चालनमा आएको निगमले बैंकका रूपमा उद्योगीहरूका ऋण लगानी गर्दै आएको थियो । 
सञ्चालनकै क्रममा रहेको निगमले नेपाल सरकारको स्वामित्वमा रहने गरी साविकका पाँच वटै विकास क्षेत्रमा क्षेत्रीय कार्यालय स्थापना गर्दै कार्यक्षेत्र विस्तार गरेर सेवा दिँदै आएको थियो । विसं २०१६ देखि नेपालगञ्जको रानीतलाउमा भाडाको घरमा मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय सञ्चालन गरेर सेवा दिँदै आएको थियो ।
 विसं २०१६ देखि २०४५ सम्म भाडामै कार्यालय सञ्चालनमा रहेको निगमको कार्यालय २०४५ मा नेपालगञ्ज–१० स्थित आदर्शनगर आफ्नै भवनमा सरेको थियो । विसं २०१६ देखि औद्योगिक क्षेत्रमा ऋण लगानी गर्दै औद्योगिक विकासमा टेवा पु¥याइरहेको निगमको कार्यालय २०६० मा एकाएक बन्द भयो ।
निगमको कार्यालय बन्द छ । कार्यालयमा १६ वर्षदेखि ताला लागेको छ । करोडौँ मूल्यका भौतिक संरचना खण्डहरमा परिणत हुँदै गएका छन् । द्वन्द्वकालमा असुरक्षाको कारण देखाउँदै ताला लगाइएको कार्यालय अहिलेसम्म खुलेको छैन । अहिले त्यहाँ न कर्मचारी छन्, न कुनै कारोवार नै हुन्छ, मात्र भवन अलपत्र र खण्डहर बन्दै गएको छ ।
 
करीब १० कठ्ठा क्षेत्रफलमा बनेका दुई भवन खण्डहर बन्दै गएका छन् । विसं २०४५ असोजमा उद्घाटन गरिएका भवनमा १५ कोठा छन्, कोठाभित्र फर्निचरहरू, कम्युटर, मोटरसाइकललगायतका थुप्रै सामान छरपष्ट पारेर राखिएका छन् । असुरक्षाका कारण देखाउँदै बन्द भएको कार्यालय भवनका सबै कोठामा ताला लगाइएको छ ।
 विभिन्न व्यवसाय तथा उद्योग सञ्चालन गर्नेहरूका लागि धितोमा ऋण लगानी गर्दै आएको कार्यालयमा तत्कालीन नेकपा माओवादीले विसं २०६० मा बम विष्फोट गराएपछि बन्द भएको थियो । त्यसपछि सुरक्षाको कारण देखाउँदै कारोवार नै बन्द भएको सुरक्षागार्डका रूपमा काम गर्दै आउनुभएका चन्द्रबहादुर सुनारले बताउनुभयो ।
 क्षेत्रीय कार्यालय सदाका लागि बन्द भएपछि १७÷१८ कर्मचारी कार्यरत रहेको कार्यालयमा विसं २०६० पछि एक कर्मचारी र दुई सुरक्षागार्डले मात्रै ती दुई भवनमा पहरा दिइरहेका छन् । बम विष्फोटपछि सबै कागजात केन्द्रीय कार्यालयमा पठाएर कारोवार बन्द गरिएको कार्यालय सहयोगीको रूपमा काम गर्नुभएका उद्धव फुँयालले बताउनुभयो । 
कार्यालय बन्द भएपछि कर्मचारी अन्यत्रै सरुवा भएर गएको बताउँदै उहाँले विसं २०६८ देखि २०७४ फागुनसम्म आफू एक्लैले कार्यालय कुर्दै आएको बताउनुभयो । “फागुनमा मैले स्वेच्छिक अवकाश लिएको हूँ, त्यसयता दुई सुरक्षागार्डले मात्रै कार्यालय कुर्दै आउनुभएको छ”, लामो समय कार्यालय सहयोगीको रूपमा काम गर्नुभएका फुँयालले भन्नुभयो । 
कार्यालय सहयोगी फुँयालले स्वेच्छिक अवकाश लिएपछि कार्यालयमा दुई सुरक्षागार्डबाहेक कार्यालय कर्मचारीविहीन भएको छ । औद्योगिक प्रवद्र्र्धन र व्यवसाय सुधारमा सहयोग गर्दै आएको कार्यालय सञ्चालनमा आउने आशा गरिएको पनि निगम भने राष्ट्रिय वाणिज्य बैंकसँग ‘मर्ज’ भइसकेकाले त्यो सम्भावना न्यून बनेको छ । 
राष्ट्रिय वाणिज्य बैंकमा मर्ज भएपछि हालसम्म उक्त भवन तथा सामानको प्रयोग भने भएको छैन । बैंकका धम्बोझी शाखाका सहायक प्रबन्धक हस्त शाहीले निगमको भवन तथा सामानहरू बैंकले आफ्नो सम्पत्तिको रूपमा राखेको बताउनुभयो । उहाँले भन्नुभयो, “निगमलाई राष्ट्रिय वाणिज्य बैंकमा गाभ्ने निर्णय भइसकेको छ, अब छिट्टै एकीकृत कारोवार हुन्छ ।”
देशभर रहेका निगमका कार्यालयलाई राष्ट्रिय वाणिज्य बैंकमा गाभ्ने निर्णय भइसकेको बताउँदै उसहायक प्रबन्धक शाहीले भन्नुभयो, “अरु क्षेत्रका कार्यालयमा नियमितरूपमा कारोवार हुँदै आए पनि नेपालगञ्ज कार्यालयमा भने कुनै कारोवार छैन, सामानहरूको रेखदेखका लागि सुरक्षागार्डको व्यवस्था गरिएको छ, निगमको भवन वाणिज्य बैंकको निगरानीमा रहन्छ ।”
यति ठूलो क्षेत्रफलमा भवन निर्माण गरी सक्रियरूपमा कारोवार गर्दै आएको औद्योगिक निगम एकाएक बन्द हुँदा कार्यालय सञ्चालनका लागि कसैको ध्यान जान नसकेको स्थानीयवासीको गुनासो छ । नेपालगन्ज–१० का स्थानीय प्रेमराज शाहीले सरकारको स्वामित्वमा रहेको भवन तथा जग्गाको संरक्षण गरी प्रयोगमा ल्याउन सरकारले पहल गर्नुपर्ने बताउनुभयो । (रासस)


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

Advertisement
Advertisement

Subscribe our Newsletter