१ सय १८ वर्षीय जेष्ठ नागरिक बाटुली लामेछानेलाई नागरिक अभिनन्दन

16 दिन अगाडी

काठमाडौं। नुवाकोट ककनी गाउँपालिका वडा नं। ८ कि १ सय १८ वर्षीय जेष्ठ नागरिक बाटुली लामेछानेलाई हिजो नागरिक अभिनन्दन गरिएको छ । चैत १० गते लामिछानेको १ सय १८ औं जन्म दिनको अवसरमा राष्ट्रिय नागरिक विकास समाजले लामिछानेलाई घरमै गएर अभिनन्दन गरेको हो ।
राष्ट्रिय नागरिक विकास समाजका अध्यक्ष महेशजंग कुँवरको सभापतित्व, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्र्तगतको जेष्ठ नागरिक कोषका सभापति रामकृष्ण कर्माचार्यको प्रमुख आतिथ्यता र शिव तान्त्रिक गुरु बुद्धिकुमारको विशिष्ठ आतिथ्यता तथा सामाजिक अभियन्ता राजेश्वरी श्रेष्ठ र वातावरण अभियन्ता प्रकाश कुँवरको आथिथ्यतामा अभिनन्दन पत्र हस्तान्तरण गरिएको थियो ।
नागरिक अभिनन्दन पत्र हस्तान्तरण गर्नु हुँदै आयोजक संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति महेशजंग कुँवरले ११० औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा १ सय १८ वर्षीय बाटुली लामिछानेलाई नागरिक अभिनन्दन गर्न पाएकोमा खुशि व्यक्त गर्नु हुँदै उहाँ सभ्भवतः विश्वकै जेष्ठ नागरिक हुन सक्ने भएकोले गिजिन बुक अफ वल्ड रेकर्डमा नाम लेखाउन सबैले पहल गर्नु पर्ने बताउनु भयो । विश्वव्यापि कोरोना प्रकोपको कारणले नागरिक अभिनन्दन कार्यक्रम भव्य बनाउने उदेश्य भए पनि संस्थागत रुपमा अतिथि सहित ७ जना र परिवारका केही सदस्यहरुको उपस्थितीमा मात्र कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
जेष्ठ नागरिक कोषका सभापति रामकृष्ण कर्माचार्यले संछिप्त मन्तव्य राख्नु हुँदै बाटुली लामिछाने विश्वकै जेष्ठ नागरिक हुन सक्ने भएकोले गिजिन बुक अफ वल्ड रेकर्डमा नाम लेखाउन मन्त्रालयसँग सहकार्य समन्वय गर्ने कार्य कोषले गरिरहेको बताउनु भयो । उहाँले बाटुली लामिछाने फाउन्डेसन स्थापनाका लागि पनि कोषले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।  
शिव तान्त्रिक गुरु बुद्धिकुमारले १ सय १८ वर्षीय आमाको हातबाट आशिर्वाद लिन पाउँदा जीवनधन्य भएको बताउनु भयो । सामाजिक अभियन्ता राजेश्वरी श्रेष्ठले सो अवसरमा बाटुली लामिछाने फाउन्डेसन स्थापनार्थ ११ हजार १ सय नगद हस्तान्तरण गर्नु भयो ।
 अभिनन्दन कार्यक्रम चैत ८ गते गर्ने निर्धारित कार्यक्रम राखिए पनि सो दिन रानीपौवा क्षेत्रमा परेको असिना सहितको ठूलो वर्षाको कारण यातायातको साधन रानीपौवाबाट जेष्ठ नागरिक बाटुली लामिछानेको घरमा जान नसकेपछि नागरिक समाजका प्रतिनिधि फर्किएका थिए । बाटुली लामिछानेको जन्म वि.सं. १९५९ चैत १० गते सिन्धुपाल्चोकको गिरानचौरमा  भएको हो । 


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter