२०७५ लाई ‘नेपाल–भारत धार्मिक, साँस्कृतिक, कृषि पर्यटन प्रर्वद्धन’ वर्षको रुपमा मनाउने

2018-06-04

काठमाडौंँ । सारथी श्रृजनशील समाज नेपालले २०७५ लाई ‘नेपाल–भारत धार्मिक साँस्कृतिक कृषि पर्यटन प्रवर्धन’ वर्षको रुपमा मनाउने जानकारी दिएको छ । 
सारथी श्रृजनशील समाज नेपालले पत्रकार सम्मेलन गरेर २०७५ लाई ‘नेपाल–भारत धार्मिक साँस्कृतिक कृषि पर्यटन प्रर्वद्धन’ वर्षको रुपमा मनाउने जानकारी गराएको हो ।
केन्द्रीय व्यवस्थापक तथा प्रवक्ता भीमकान्त पन्थीले प्रर्वद्धन वर्ष–२०७५ ले नेपाललाई विश्व आध्यात्मिक केन्द्र बनाउने दाबी गरे । उनले भने,‘नेपाललाई विश्व गुरुत्वको मान्यता प्राप्त गराउनको लागि विश्व सभ्यताको उद्गमस्थल, संसारका समस्त सभ्यताहरुको पालक, श्रीपशुपतिनाथ लगायत स्वयंम्भू, बुद्ध हुँदै सिद्धार्थ गौतम बुद्धसम्मको जन्मभूमि, तन्त्र, मन्त्र, यन्त्र, वेद, उपनिषद, पुराण उद्गम भूमि नेपालको विश्वव्यापी प्रचार गर्न मद्दत गर्छ ।”
पन्थीले अघि थपे,‘सामाजिक तथा आर्थिक विकासको लागि कृषि तथा पशुपालनमा आमूल परिवर्तन ल्याउनुपर्ने र यसको लागि एक नगर, एक गौशालाको योजनाअनुरुप नेपालका ७ वटा प्रदेशहरुमा विशाल गौशाालाहरुको निर्माण, कामधेनु गौवंश वृद्धि, अन्यान्य गौशालाहरुको निर्माण पशुवंश तथा वर्णशंकर बालीनाली निराकरण गरि पशुमा प्राकृतिक नश्ल सुधार र खेतिपातीमा प्राकृतिकता–प्राङ्गारिकता–जैविकताल्याई कृषि क्षेत्रमा आमूल परिवर्तन गर्ने हाम्रो लक्ष्य रहेको छ।’
स्वास्थ्य क्षेत्रमा परिवर्तनको निमित्त आफूहरुले आयुर्वेद अनुसन्धान, जडिबुटी प्रशोधन तथा पञ्चगव्य प्रशोधन केन्द्र खोली आयुर्वेदिक औषधी निमार्ण गर्ने लक्ष्य राखेकापनि उनले सुनाए । त्यस्तै उनले देशैभरि अत्याधुनिक गुरुकुल निर्माण गरि साँस्कृतिक शिक्षाको जर्गेना गर्ने पनि विश्वास दिलाए । 
कार्यक्रममा संस्थाको केन्द्रीय अध्यक्ष चक्रदेव जोशीले ७७ फिट अग्लो भगवान् शिव र श्रीकृष्णको चित्र अंकित विश्वकै अग्लो गौमाताको निर्माण गर्न लागिएका जानकारी गराए ।  
उनले भने,‘काठमाडौं क्षेत्रमा सञ्चालित गौशाला क्षेत्र–चन्द्रागिरी नगरपालिका–१३ पुरानो नैकापमा नेपाल राष्ट्रका सम्माननीय प्रधानमन्त्रीका करकलमद्धारा हुने भूमिपुजन तथा शिलान्याशसहित ७७ फिट अग्लो भगवान् शिव र श्रीकृष्णको चित्र अंकित विश्वकै अग्लो गौमाताको निर्माण गर्न जुटेका छौं ।’ 
अध्यक्ष्य जोशीले १० वर्षभित्रमा मौलिक धर्म संस्कृतिको पूर्ण सुदृढतासहित गौवंशको पूर्ण संरक्षण तथा कृषि, स्वास्थ्य, शिक्षा क्षेत्रमा यथासम्भव आमुल परिवर्तन गरि कम्तिमा पनि २५ लाख यूवाहरुलाई रोजगारको अवसर सिर्जना गर्ने आफूहरुको योजना रहेको बताए ।  
यसै अन्तर्राष्ट्रिय अभियान अन्र्तगत यही असार ११ गतेदेखि २१ गतेसम्म काभ्रेपलाञ्चोक जिल्लाको पनौति नगरपालिका–३ पुछारीस्थित् श्री पशुपतिनाथ मन्दिर प्राङ्गणमा श्रीमद्भागवत गौरक्षा एवं नेपाल–भारत धार्मिक तथा कृषि पर्यटन प्रदेश नम्बर ३ स्तरीय काभ्रेपलाञ्चोक धार्मिक महोत्सव–२०७५ सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ । 
प्रदेशका मूख्यमन्त्रीद्धारा महायज्ञमा प्रसिद्ध पुराणवाचक वाचन सम्राट पं। भीमकान्त पन्थीको मूल प्रवाचकत्व रहने कुरा आयोजक समितीले जनाएको छ । 
साथै भारतको दिल्लीमा हुने कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, योगरिशी बालकृष्ण आचार्य र उत्तरप्रदेश उत्तराखण्ड विहार आदि राज्यका मूख्य मन्त्रीहरु पनि सम्मिलित हुने कुरा आयोजकले जानकारी दिएको छ । 

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter