५० डिग्रीको तातो हावामा गुडिरहेको रेलमा गर्मीले ४ जनाको मृत्यु

2019-06-11

काठमाडौं । भारतमा अत्यधिक गर्मीका कारण गुडिरहेको रेल भित्रै ४ जनाको मृत्यु भएको छ । नयाँ दिल्लीबाट झांसीका लागि छुटेको केरला एक्सप्रेसको रेलभित्रै चार जना यात्रीको मृत्यु भएको हो ।
उनीहरु चारैजनाको अत्यधिक गर्मीका कारण मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । गम्भीर अवस्थामा रहेका १ जनालाई अस्पताल भर्ना गरिएको छ । 
६८ जनाको समुहमा रहेका उनीहरु बनारसी र आगराको भ्रमण सकेर घरतर्फ ९कोयम्बटूर० गइरहेका थिए । चार दिन अगाडि उनीहरु घुमघामका लागि निस्केका थिए ।
अत्यधिक गर्मीका कारण केहि यात्रुहरु बेहोस भएपछि चिकित्सक बोलाइएको थियो । चिकित्सकले चारैजनालाई मृत घोषित गरेका हुन । चिकित्सकले मृत घोषणा गरेपछि उनीहरुको शव झाँसी रेल स्टेशनबाट निकालिएको हो । 
उक्त ठाँउको तापक्रम हिजो ९सोमबार० ५० डिग्री सेल्सियस रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
भारतमा प्रचण्ड गर्मीका कारण राजधानी दिल्लीसहित अधिकांश क्षेत्रको जनजिवन कष्टकर बनेको छ । इलाहाबाद, दिल्ली, लखनउ लगायतका कैयौं सहरमा ४५ डिग्री सेल्सिय माथि तापक्रम रहेको बताइएको छ ।
यस्तै राजस्थानमा पनि गर्मीको प्रभाव परेको छ । त्यँहाको तापक्रम ४८ डिग्रि सेल्सियस माथि छ  । भारतमा अत्यधिक गर्मीका कारण धेरैको ज्यान जाने गरेको छ ।


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter