५ अर्व माग्दै सांसद आले

10 दिन अगाडी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का डोटी–१ का सांसद प्रेमबहादुर आलेले यस वर्षको बजेटमा खुटिया दीपायल सायल हुँदै कैलाश मानसरोवरसम्म जाने सडकलाई ५ अर्ब बजेट निकासा गर्न अर्थमन्त्रीसँग माग गर्नुभएको छ । 
प्रतिनिधिसभाको बैठकमा प्रि–वजेट छलफलमा उहाँले अर्थमन्त्रीले संसदमा पेस गरेको आर्थिक वर्ष २०७६÷७७ को विनियोजन विधेयकलाई आफूले पूर्ण समर्थन गर्ने उल्लेख गर्दै उहाँले वजेटका सिद्धान्त तथा प्राथमिकतामा समेटिएका विषयहरुले वालकदेखि बृद्धासम्मकाको भावनाको कदर गरेको बताउनुभयो । भौतिक पूर्वाधार विकास सडक, सिंचाई, खानेपानीजस्ता कुरालाई प्राथमिकतामा राखेर सरकारले विगतका भन्दा फरक र अग्रगामी किसिमको बजेट ल्याउने तयारी गरेको उहाँको दावी छ ।  पूर्ववर्ती सरकारले निर्वाचनमा पराजय भएपछि पछि आउने सरकारलाई अप्ठ्यारो पार्ने नियतले राज्यको ढुकुटी तहसनहस पारेकाले गत वर्षको बजेट बनाउन अर्थमन्त्रीलाई धेरै गाह्रो भएको उहाँको बुझाई छ । ‘राज्यको ढुकुटी रित्याएर नेकपाको सरकारलाई अप्ठ्यारो पार्ने मनसाय राखेर कतिपय अनावश्यक काममा जथाभावी रकम वितरण गरेको पाइयो’ उहाँले भन्नुभयो ‘अर्थमन्त्री अनुभवी र दक्ष भएकाले उहाँले अर्थतन्त्रलाई मजबुत बनाएर राज्यको ढुकुटी पुनः बलियो बनाउनु भएको छ, यो सराहनीय कार्य हो ।’
अर्थतन्त्र बलियो स्थितिमा भएको र विकास निर्माणका ठुला परियोजनाहरु सञ्चालन गर्नुपर्ने भएकाले ठूलै आकारको र जनमुखी वजेट ल्याउनु उपयुक्त हुने सांसद आलेको सुझाव छ । सरकारले सन् २०२० लाई भिजन २०–२० को रुपमा मनाउन लागेको उल्लेख गर्दै यसमा २० लाख पर्यटकलाई नेपाल भित्र्याउने लक्ष्य राम्रो भएको बताउनुभयो । ‘अर्थमन्त्रीज्यु उत्तर र दक्षिण जोड्ने सडकमार्ग खुटिया–दीपायल–सायल हुँदै तिब्बतको मानसरोवरसम्म जाने २ सय ९० किलोमिटर सडकमा ५ अर्ब रकम विनियोजन गर्नुहोस्, आगामी सन् २०२४ भित्र नेपालमा १० करोड पर्यटक आउँछन् ’ आलेले सम्भावनाहरु देखाउँदै भन्नुभयो । 
यो सडक निर्माण गर्न सकेमा समग्र सुदूरपश्चिमकै आर्थिक स्थितिमा उल्लेख्य सुधार हुने दावी गर्दै उहाँले बजेटमा यो विषय समेटिनेमा आफू विश्वस्त रहेको आलेको भनाई छ । ‘यो योजना भनेको मेरो एउटा लक्ष्य हो, सँगसँगै जनताको पनि आशाको केन्द्र हो,  यसलाई अर्थमन्त्रीज्यूले पक्कै पनि गम्भीर रुपमा मनन गर्नु हुनेछ ’ उहाँले भन्नुभयो ।

 


Advertisement

Advertisement

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

Advertisement
Advertisement

Subscribe our Newsletter