‘अक्षरहरूको सगरमाथा’ यूएईमा विमोचन हुँदै

11 महिना अगाडी

काठमाडौं । यूएईमा सक्रिय साहित्यिक संस्था सगरमाथा साहित्य प्रतिष्ठान नेपालले बजारमा ल्याउन लागेको दोस्रो कृति संयुक्त गजल सङ्ग्रह “अक्षरहरूको सगरमाथा“ को विमोचन अक्षरहरूको आवाज सिर्जना वाचन डबली यूएईको आयोजनामा स्रष्टा भेटघाट तथा सिर्जना वाचन श्रृङखला १७ को एक भव्य कार्यक्रमका बीच यही २१ जुन २०१९ (६ अषाढ २०७६) शुक्रबारको दिन नसा दोहोरी क्लब (रेन्ट्री रोला होटल) वर दुबई , यूएईमा आवाजका बादसाह बहुचर्चित रेडियोकर्मी अच्युत घिमिरे बुलबुलको प्रमुख आतिथ्यमा सम्पन्न हुन लागेको हो ।
“अक्षरहरूको सगरमाथा“ ए.डी.बी पब्लिकेशनको प्रकाशनमा बुलबुल पब्लिकेशनले बजारमा ल्याउन लागेको १०५ उत्कृष्ट गजलहरूको सङ्ग्रह हो । सङ्ग्रहको सम्पादन द्वय शाश्वत ढुङ्गाना “गोविन्द“ र खगेन्द्र न्यौपाने “समरस“ले गर्नुभएको छ । 
यसको आवरण चित्र सौगात अधिकारीले तयार गर्नुभएको हो भने आवरण डिजाइन मनोज केसी“समय“ ले गर्नुभएको छ ।
पुस्तकमा सगरमाथा साहित्य प्रतिष्ठानको चिनारी संस्थाका संरक्षक विवेक दुलाल क्षत्रीले प्रस्तुत गर्नुभएको छ भने समीक्षा संस्थाका सल्लाहकार गजलकार टक गुरुङले गर्नुभएको छ । साथमा सङ्ग्रह प्रकाशनार्थ संस्थाको क्रियाशील समितिबाट कृष्ण विश्वकर्मा, समर चेम्जोङ“आभास“, अमन एकल, डिएल घिमिरे, सेल्कर पाख्रिन तामाङ, दूरबस्तिको शिशिर, राजेशराज गड्तौला , चन्द्र सम्बाहाम्फे लगायतको विशेष भूमिका रहेको छ । 
हाल अध्यक्ष कृष्ण विश्वकर्मा रहनुभएको यस सगरमाथा साहित्य प्रतिष्ठान नेपालले २०७१ जेष्ठमा “प्रवासका फूलहरू“ संयुक्त कविता सङ्ग्रह प्रकाशित गरिसकेको छ । साथै गत वर्ष मोती जयन्तीको अवसर पारेर अन्तर्रा्ष्ट्रिय गजल प्रतियोगिता सम्पन्न गरिसकेको छ र सोही प्रतियोगिताका विजयी गजलकारहरूका ५ गजल सहित अन्य ख्यातिप्राप्त १०० गजलकारहरूका उत्कृष्ट गजलहरू समेटेर तयार पारिएको एक उत्कृष्ट सङ्ग्रह हो “अक्षरहरूको सगरमाथा“ । जसमा १०५ जना गजलकारहरू समावेश हुनुभएको छ । 
बिदेशी भूमिबाट विमोचन हुन लागेको सङ्ग्रह “अक्षरहरूको सगरमाथा“ २१ जुन २०१९ तदनुसार ६ अषाढ २०७६ बाट यहाँहरूको हातमा आउँनेछ । सोही कार्यक्रमका बीच अन्य सङ्ग्रहहरू डिल्लीप्रसाद आचार्यको स्मृति सङ्गालो “झझल्काहरू“, उत्कृष्ट १७ कविका संयुुक्त कविताकृति “अनुहारको भीड“ तथा मीनराज बाँस्तोलाको बहुचर्चित उपन्यास “पिपिरी“ को समेत लोकार्पण हुनेभएको छ । साथमा आवाजका बादसाह अच्युत घिमिरे बुलबुलको विशेष प्रस्तुतिसँगै सिर्जना वाचन डवलीको नियमित कार्यक्रम रचना वाचन तथा श्रवण रहनेछ । जसको संयोजन गजलकार जे. सागरले गर्नुहुनेछ । 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter