‘कबड्डी–३’ मा खेल्न पाउँदा भाग्यमानी सम्झन्छुः उपासना

3 महिना अगाडी

काठमाडौं । लामो समयदेखि ‘कबड्डी’ को तेस्रो सिरिजका लागि फिल्ममा अभिनेता प्रदीप खड्काको प्रवेश हुने चर्चा थियो । आफूलाई ‘स्टार’ बनाएको ‘प्रेमगीत’ को तेस्रो सिरिजमा व्यस्त हुने भएपछि उनले ‘कबड्डी कबड्डी कबड्डी’ बाट हात झिकेका छन् । उनको ठाउँमा अभिनेता कर्मा भित्रिएका छन् । अभिनेता दयाहाङ राई यथावत छन् ।  
यस फिल्मको सोमवार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरिएको छ । यस वर्षको तिज वा दशैंको बीचमा जुनसुकै मितिमा प्रदर्शनमा आउने बताइएको फिल्मलाई रामबाबु गुरुङले निर्देशन गर्नेछन् । यो फिल्मको अघिल्ला दुई सिरिज पनि उनैले निर्देशन गरेका थिए । निर्देशक गुरुङ र उपेन्द्र सुब्बाको कथामा फिल्म बन्न लागेको हो ।  
सो फिल्ममा अभिनेता अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ बाट सुखद डेब्यू गरेकी अभिनेत्री उपासना सिंह ठकुरीको लिड रोल रहनेछ । उनी आफू ‘कबड्डी’ सिरिजको सदस्य बन्न पाउँदा भाग्यमानी महशुस गरेको बताउँछिन् । यस फिल्म अघिल्ला दुई सिरिजमा पनि प्रमुख भूमिकामा रहेका अभिनेता दयाहाङले फिल्मलाई उत्कृष्ट बनाउन आफ्नो टिमले इमान्दार प्रयास गर्ने बताए । 
फिल्ममा दयाहाङ, कर्मा र उपासनाका अलावा रिश्मा गुरुङ, माओत्से गुरुङ, पुस्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, लुनिभा तुलाधर, विजय बराल, बुद्धि तामाङ, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । जेठ ५ गतेबाट छायांकन सुरु हुने ‘कबड्डी कबड्डी कबड्डी’ का एक्टिङ कोच अनुप बराल हुन् । निमेश श्रेष्ठले फिल्म सम्पादन गर्नेछन् । 


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter