‘खतम बा ! गोड काटेके परै’

2 महिना अगाडी

–नारायण ढुङ्गाना 
काठमाडौँ । बाराको फेटा गाउँपालिका– ६ का ३३ वर्षीय मुनाफ अन्सारीको परिवार आइतबार साँझ सपरिवार बरण्डामा बसेर सुखदुःखका कुरा साट्दै थिए । साँझको अन्दाजी ७ः३० बजेको थियो । एक्कासी असिना पानी प¥यो । एक्कै छिनमा नसोचेको हावाहुरी (हुण्डरी) आयो । 
‘पूरै जमिन नै घुमे झैं गरी भुँमरी प¥यो, गाउँ नै उडाउन थाल्यो, घर भकाभक ढल्न थाल्यो,’ हिजोको घटना सुनाउँदै अन्सारीले भने, ‘अनि अल्लाहको नाम लिन थाल्यौँ ।’ यत्तिकैमा उनको तीन कोठे घरको टायल पनि खसेर सबैलाई थिचेको उनले बताए । 
जीवन सबैको एकै ठाउँमा गएझैँ भएको अन्सारीले सुनाए । तर आफू सामान्य चोट लागे पनि जोगिएकाले खोतलखातल गरेर अन्य सदस्यलाई निकालेको काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा आज साँझ कुरा गर्दै अन्सारीले बताए । 
आफू घाइते भए पनि बुबा गम्भीर रहनुभएकाले उपचारका लागि अन्य सदस्यलाई छाडेर उनी काठमाडौँ आएका हुन् । 
‘सबै पुरिएका थिए, मैले एक एक गर्दै भत्केको छानो पन्छाएर निकालेँ,’ कहालीलाग्दो घटना सम्झँदै अन्सारीले मलिन स्वरमा सुनाए । 
उनलाई सामान्य घाउचोट मात्रै लागेकाले पनि परिवारका सदस्यलाई निकालेर मर्नबाट भने जोगाएका थिए । 
परिवारका अन्य सदस्यलाई स्थानीय अस्पतालमा उपचाररत छाडेर उनी गम्भीर बिरामी हुनुभएका ५९ वर्षीय बुबा मोबारक मियाँ अन्सारीलाई लिएर उपचारका लागि यहाँको शिक्षण अस्पतालमा आएका हुन् । उनीहरुलाई नेपाली सेनाको हेलिकप्टरले काठमाडौँ ल्याएको हो । 
बुबाको बायाँ पिँडुल्लामा घरको छानो खसेर गम्भीर घाइते बनाएको छ । हिजोको घटनाले अहिले पनि उहाँलाई बेलाबेलामा झसङ, झसङ पार्छ । तर पनि बुबाको उपचारका लागि उहाँ काठमाडौँमा रहेका केही स्थानीय र आफन्तको सहयोगमा खटिरहेका छन् । 
उनको मोबाइलमा तारन्तार घरपरिवारबाट फोनसमेत आइरहेको छ । बुबाको अवस्थाबारेमा उताबाट जानकारी मागिन्छ भने यताबाट अन्य परिवारका सदस्यको स्वास्थ्य अवस्थाबारे उहाँले फोनबाटै जानकारी लिइरहेका छन् । 
रासससँग कुराकानी हुँदै गर्दा उहाँलाई एउटा फोन आयो । ‘खतम बा १ गोड काटेके परै,’ आफ्नै भाषामा मलिन स्वरमा मुनाफ अन्सारीले जवाफ फर्काए । त्यसबेला उनले फोनमा धेरै कुरा गर्न सकेनन् । गला अड्कियो । फोन राखे । 
‘डाक्टरले गोडा काट्नु पर्छ भनेको छ, आज राति शल्यक्रिया हुँदैछ’, उनले सङ्क्षिप्त कुराकानीमा भने । साँझ ७ बजेसम्म शल्यक्रियाकै लागि चार पोका रगत जोरजाम भइसकेको छ । गम्भीर घाइते मोवारकलाई शिक्षण अस्पतालको आकस्मिक कक्षमा अक्सिजन दिएर राखिको छ । कसैलाई भेट्न दिइएको छैन । 
होसमा भए पनि राम्ररी बोल्ने अवस्थामा बुबा नरहेको अन्सारीले सुनाए । उनको पिँडुल्ल्ला क्षत्विक्षत छ । हड्डीसमेत टुक्रिएकाले जोड्ने अवस्था नरहेको चिकित्सकको भनाइ उद्धृत गर्दै अन्सारीले जानकारी दिए । 
अन्सारी परिवारका सबै घाइते 
आफ्नो पिठ्यूँमा लागको चोट देखाउँदै मुनाफ अन्सारीले सबै परिवार घाइते भएको बताए । बगलको एक घरका तीन जना आँखै अगाडि बितेको उनले बताए । आफू अली कम घाइते भएकाले अन्यलाई अस्पताल लैजानेदेखि बुबालाई काठमाडौँमा उपचारका लागिसमेत आफैँ खटिएका छन् । 
उनका अनुसार बुबा मोवारकसहित ५५ वर्षीया आमा झोहरा, श्रीमती २७ वर्षीया मेरिना, २३ वर्षीय बुहारी राफा ९खुट्टा भाँचिएको०, दुई वर्षकी छोरी सहना, सात वर्षीय छोरा फराहान अन्सारी, डेढ वर्षका भतिज फराहाद अन्सारी र १५ वर्षकी छोरी अर्बुन घाइते भएका छन् । 
बुबालाई वीरगञ्जस्थित हेल्थ केयर सेन्टरमा उपचार नहुने भएपछि सेनाको हेलिकप्टरमा काठमाडौँ ल्याइएको हो । 
पटेल परिवारको पनि पीडा 
दाँहिने घुँडामा गम्भीर घाइते भएका सोही गाउँका ३६ वर्षीय त्रिचन पटेलको खुट्टासमेत भाँचिएको छ । हावाहुरीका कारण त्रिचनका दाई ४० वर्षीय ताराचन, छोरा निखिल, विकास, छोरी पूजा र पूजाकी २० दिने शिशु अनुषालाई समेत चोट लागेको छ । 
उनीहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेकाले गम्भीर भएका त्रिचनलाई भने सेनाको हेलिकप्टरमा काठमाडौँस्थित शिक्षण अस्पतालमा ल्याइएको छ । 
आजै उनको पनि शल्यक्रिया गर्ने तयारी रहेको त्रिचनकी श्रीमती रीनादेवीले बताए । कहालीलाग्दो घटना आफूले सम्झँदा पनि डर लाग्ने उनको भनाइ थियो । आज साँझ नै स्वास्थ्य मन्त्रालयका सचिव पुष्पा चौधरी र प्रवक्ता महेन्द्र श्रेष्ठले घाइतेको अवस्थाबारे जानकारी लिएको छ । दुई जना गम्भीर रहेको र अन्यको अवस्था अलि राम्रो रहेको श्रेष्ठले बताए । 
शिक्षण अस्पतालमा अहिले बारा फेटा गाउँपालिकाका ३६ वर्षीय त्रिचन पटेल, ५९ वर्षीय मोबारक महमद मियाँसहित ५० वर्षीय सुरेश पटेल, तीन वर्षीय अमन पटेल, ३५ वर्षीया गीतादेवी पटेल, ३३ वर्षीय मुना अन्सारी र नौ वर्षीय सलिना खातुनको उपचार भइरहेको छ । रासस


Advertisement

Advertisement

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

Advertisement
Advertisement

Subscribe our Newsletter