‘ज्यान जोगाउन सके फेरि छमछम नाचौँला’

1 महिना अगाडी

पोखरा । लाउन्नँ म त्यो जापानी सारी, टेबुलमा काइँयो र ऐना छ, बस्न प¥यो मन मारी मारी, सोचे झैँ जिन्दगी रहिनछ ’ ।
यतिबेला धेरै दिदीबहिनी घरमै बसेर नाचिरहेका छन् । हिन्दू महिलाले भव्य रुपमा मनाउने तीज पर्व यस वर्ष कोरोनाका कारण साँच्चै नसोचेको भइदियो । महिना दिनअघि तीजेगीत घन्काउँदै रातो साडीमा छमछम नाच्दै सङ्गीतमय बन्ने वातावरण अहिले भने घरभित्र सीमित भएको छ ।
पोखरा –८ न्यूरोडका कस्मेटिक पसल सञ्चालक सन्तु पौडेलले बिहे गरेको १८ वर्षमा पहिलो चोटि माइती जान नपाएकामा नरमाइलो लागेको बताइन्।
‘मेरो माइती स्याङ्जा हो, सधैँ छोराछोरीसहित दर खाने दिनको अघिल्लो दिन माइत पुग्थेँ ,७० वर्ष पुगेकी आमा नातिनातिनाका साथ देख्दा आमा खुशी हुनुहुन्थ्यो, अहिले फोनबाट कुराकानी गरेर कोरोनाका कारण आउन नपाएको जानकारी गराएँ, आमाले नरमाइलो मान्नुभयो, बूढी भएकी आमाको काखमा तीजको दर खाएर मनाउने धोको यसपालि अधुरो भयो, आगुम के हुन्छ कुन्नि ?’
उनी अहिले घरभित्रै सोचे झैंँ रहिनछ जिन्दगी भन्दै गीत घन्काएर नाच्दै छिन्। उनले कोरोना जित्ने सके अर्को वर्ष माइतीको आँगनमा पुग्ने रहर पूरा हुने विश्वास व्यक्त गरिन्।
लोकगायिका हरिदेवी कोइराला यस वर्षको तीज पर्व दिदीबहिनी जमघटविहीन भएको बताउछिन्।
उनी सम्झिन्छिन् ‘अघिका वर्षहरुमा महिना दिनअघिदेखि नै तीज विशेष कार्यक्रमका निम्ता हुन्थे, एकै दिन चारपाँच वटा कार्यक्रममा भ्याइनभ्याइ हुन्थ्यो तर यस वर्ष कोरोनाका कारण सुनसान भयो । घरभित्रै आफन्त, इष्टमित्रबाट पनि भौतिक दूरी कायम गरेर बस्नुपर्ने अवस्था आयो ।’
उनले यस वर्ष ज्यान जोगाउन सके आउने वर्षहरुमा फेरि तीजेभाकामा छमछम नाच्न पाइने भएकाले सुरक्षित रहन सबैलाई आग्रह गरिन्।
तीजका दरमा खीर, चाम्रे, तामा, आलु, घिरौँला, काँक्राको अचार, दहीलगायत परिकार समावेश हुने गरिए पनि पछिल्लो समय भने व्यक्तिको रुचि र स्वादअनुसार विभिन्न खालका परिकार तीजका दरमा समावेश हुन थालेको उनको भनाइ छ ।
उनले तीजका मौलिक भाकाको अस्तित्व नै सङ्कटमा पर्ने थालेकाले यसको महत्वलाई सबै मिलेर बचाउनुपर्ने धारणा राखिन्। उनको ‘माइती रमाइलो‘’ बोलको तीजगीत सङ्ग्रह प्रकाशित छ भने पछिल्लो तीजगीत ‘जान्न म त त्यो घर‘’ भर्खरै आएको छ ।
सञ्चारकर्मी एवम् लोकगायिका शान्ति गुरुङले कोरोनाका कारण उत्पन्न असहज परिस्थितिले यस वर्षको तीज निरश बनाएको बताइन्।
दिदीबहिनीको महान् पर्व कोरानाले निरस बनाए पनि निराश भएर बस्न नहुने उनको भनाइ छ । ‘वर्ष दिनको पर्व कैयौंँ दिदीबहिनी माइतीको काखमा पीडा बिसाएर रमाउने पर्व हो, कामकाजी महिलाका लागि त यो पर्व एउटा ‘रिफ्रेसमेन्ट’को पर्व हो तर कोरोनाको जोखिमले एक अर्काबीच दूरी राखेर बस्नुपर्ने अवस्था सिर्जना भयो ।’
उनले यस वर्ष कोरोनालाई जित्न सके अर्को वर्ष पक्कै तीज मनाउन पाइने भएकाले असहजतामा सहजता खोजी खुशी बटुलेर परिवारबीच नै रमाइलो गर्न आग्रह गरिन्।
यसपालिको तीज प्रविधिको प्रयोग गरी अर्काबीचको आत्मीयता साटेर मनाउनुपर्ने उनको भनाइ छ। (रासस)


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter