‘टिकटक’माथि ५७ करोड जरिवाना

2 महिना अगाडी

काठमाडौं  । छोटो भिडियो शेयरिङ एप टिकटकमाथि अमेरिकामा अहिलेसम्मकै सबैभन्दा धेरै जरिवाना लागेको छ । लबालिका सम्बद्ध डाटाको गोपनियता सम्बन्धी मुद्दामा टिकटकले ५७ लाख डलर जरिवाना तिर्नुपर्ने भएको छ ।
साथै टिकटकले अबदेखि १३ वर्षभन्दा कम उमेरका बालबालिका प्रयोगकर्ताको गोपनियता सम्बन्धमा नयाँ व्यवस्था पनि लागू गर्नुपर्नेछ ।
अमेरिकाको संघीय व्यापार आयोगले टिकटकद्वारा कम उमेरका बालबालिकाका सामाग्रीहरु समेत विना रोकतोक संग्रहित तथा प्रशारण गर्ने गरेको जनाएको छ ।
स्मरण रहोस् सुरुमा म्युजिकली नामक एपको रुपमा रहेको यो एप पछि टिकटकमा समाहित भएको थियो ।
आयोगले बालबालिका सम्बद्ध सामाग्रीहरु हटाउन टिकटकलाई आदेश दिएको छ । अबदेखि अमेरिकामा टिकटक प्रयोगकर्ताले यस एपमा लगइन गर्नका लागि आफ्नो उमेर प्रमाणित गर्नुपर्नेछ ।
यद्यपि अन्य सोसल मिडिया प्लाटर्फममा जस्तै प्रयोगकर्ताको उमेरको प्रमाणिकरण चाहीँ विश्वासको भरमै हुनेछ । अर्थात् प्रयोगकर्ताले आफ्नो उमेर ढाँटेर टिकटकमा लगइन गरेको खण्डमा त्यसको चेकजाँच गर्ने कुनै संयन्त्र हुनेछैन ।
प्रयोगकर्ताको उमेरको प्रमाणिकरण तत्काल अमेरिकामा मात्र लागू हुनेछ । उता टिकटकले भने प्रयोगकर्ताको सुरक्षा तथा गोपनियतालाई आफुले गम्भीर रुपमा ख्याल गरेको बताउँदै यसमा आफु प्रतिबद्ध रहेको र सुरक्षाका विधिहरुलाई विस्तार गर्दै लगेको जनाएको छ।
स्मरण रहोस् टिकटक सन्२०१८ मा सबैभन्दा धेरै डाउनलोड भएको एप बनेको छ । अहिले विश्वमा टिकटकका प्रयोगकर्ताको संख्या १ अर्ब नाघिसकेको छ ।
अमेरिकी संघीय व्यापार आयोगका अनुसार म्युजिकली एपका अमेरिकी प्रयोगकर्ताको संख्या ६ करोड ५० लाख थियो । त्यसको ठूलो हिस्सा कम उमेरका बालबालिकाको रहेको थियो ।
टिकटकको मातृ कम्पनी बाइट डान्सले सन् २०१७ मा म्युजिकली एप खरीद गरेको छ । चिनिया कम्पनी बाइट डान्सले म्युजिकली खरीद गरेसँगै टिकटकमा विलय गराएको थियो । टिकटक एपमा प्रयोगकर्ताले छोटो आकारको भिडियो रेकर्ड गर्न, त्यसमा संगीत भर्न र त्यसलाई शेयर गर्न सक्दछन् । म्युजिकलीले सुरुका तीन वर्षसम्म प्रयोगकर्ताको उमेर सोध्ने गरेको थिएन । सन् २०१७ देखि नयाँ अकाउन्ट खोल्नेका लागि उमेर सोध्न थालिएको थियो र १३ वर्षभन्दा कम उमेरका बालबालिकाले म्युजिकली एपमा अकाउन्ट खोल्न नपाउने व्यवस्था गरियो । यद्यपि त्यस अगाडि नै म्युजिकली एपमा अकाउन्ट खोलेका हरुका लागि भने उमेरको कुनै बन्देज लागेन र आफ्नो अकाउन्टमा लगइन गर्दा जुनसुकै उमेरका पूराना प्रयोगकर्ताले सहजै म्युजिकली प्रयोग गर्न पाए ।
आयोगले गरेको अनुसन्धानका क्रममा म्युजिकली एपमा पूराना प्रयोगकर्ता मध्ये ठूलो संख्यामा १३ वर्षमुनिका रहेको पाइएको छ । उसले त्यस्ता केही अमेरिकी बालबालिकाको टिकटक अकाउन्ट पछिल्लो समयमा अभिभावकको मन्जुरी लिएर निस्त्रिmय समेत पारिदिएको छ । तर यसरी डिएक्टिभेट गरेका अकाउन्टहरुमा रहेका डाटाहरु वा पोष्ट गरेका भिडियोहरु भने हटाइएको छैन ।
संघीय व्यापार आयोगले म्युजिकली एपले बालबालिकाको अनलाइन गोपनियता संरक्षण म्बन्धी कानून उल्लंघन गर्ने कार्यको फलस्वरुप टिकटकमाथि जरिवाना लागेको जनाएको छ ।
साथै आयोगले कुनैप्नि बालबालिकाले टिकटक प्रयोग गरेको पाइएमा त्यसबारेमा उनीहरुका अभिभावकलाई जानकारी गराउन तथा बालबालिकाको डाटा कसरी संकलन गरिन्छ र प्रयोग गरिन्छ भन्ने विषयमा सजग हुन समेत टिकटलाई आदेश दिएको छ । एजेन्सी


Advertisement

Advertisement

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

Advertisement
Advertisement

Subscribe our Newsletter