‘टिप्पन समालोचना’ बजारमा

23 दिन अगाडी

काठमाडौं । माक्र्सवादी समालोचक तथा नाटककार खेम थपलियाको १६ औँ कृतिका रूपमा ‘टिप्पन समालोचना’ प्रकाशनमा आएको छ । 
‘टिप्पन समालोचना’ मा विभिन्न विधाका विभिन्न पुस्तकमाथि केन्द्रित भएर गरिएका टिप्पन समालोचना समावेश छन् । नेपाली साहित्यमा समालोचनासम्बन्धी बहस तीव्र भइरहेको बेला समालोचक खेम थपलियाको प्रस्तुत पुस्तक अलि बेग्लै मूल्य र बहसयुक्त छ । यो पुस्तकमा टिप्पन समालोचनासम्बन्धी सङ्क्षिप्त सैद्धान्तिक चर्चा पनि गरिएको छ । यो पुस्तक नेपाली समलोचना परम्परामा नयाँ विधा जन्माउने प्रयास पनि हो । टिप्पन समालोचना नेपाली समालोचनाको फाँटमा नयाँ समालोचनात्मक पद्धति हो । समालोचनात्मक पद्धतिका विविध आयाम, त्यसको संरचनात्मक अवस्थितिका साथ गतिशील र विकासशील प्रवाहका बिचमा आएको टिप्पन समालोचनाले नयाँ समालोचनात्मक पद्धतिका रूपमा बौद्धिक–प्राज्ञिक क्षेत्रमा नवीन कडीका रूपमा स्थपित हुनेछ ।  
नेपाली साहित्यमा ऊर्जाशील रूपमा विकास हुँदै आएको समाजवादी–यथार्थवादी धारालाई यो समालोचनात्मक पुस्तकले पक्रेको छ । यसको केन्द्रमा माक्र्सवादी विश्वदृष्टिकोण रहेको छ । यहाँ यही विश्वदृष्टिकोणअनुसार कला–साहित्यको उद्देश्य पर्गेल्ने प्रयत्न गरिएको छ । कम्युनिस्ट एवम् वामधाराको लेखन र पठन सघन बन्दै गएको नेपाली सन्दर्भमा यो पुस्तक धेरैका लागि अध्ययन–सामग्री बनेको छ । यसले लेखक–स्रष्टाहरूलाई उत्प्रेरकको काम पनि गरेको छ । यहाँ माक्र्सवादी सौन्दर्यचिन्तक चैतन्य, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ देखि वर्तमान उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ सम्मका पुस्तकहरूको टिप्पन समालोचना गरिएको छ । 
प्रस्तुत ‘टिप्पन समालोचना’ भित्र ‘सात’ खण्ड रहेका छन् । खण्ड ‘एक’ मा ‘सौन्दर्यशास्त्र÷समालोचना’ रहेको छ । यसअन्तर्गत तेह्रवटा पुस्तकहरू माक्र्सवादी समालोचना ः सिर्जना र सङ्घर्ष, माइला लामाको गीतमा जनयुद्धको अभिव्यक्ति, समकालीन साहित्य र संस्कृति, सिर्जना र दृष्टि, भूमण्डलीकरण र साहित्य, नेपाली नाटकको रूपरेखा, माक्र्सवाद र सबाल्टर्न अध्ययन, पूर्ववाद र सइदेली विचार, भौतिकवादी सौन्दर्य चिन्तन र केही समीक्षा, दर्शन र दृष्टिकोण, माक्र्सवादी सौन्दर्यशास्त्र, वर्गसङ्घर्षको सन्दर्भ ः संस्कृति र सौन्दर्य र कथाको सौन्दर्यशास्त्रको टिप्पन समालोचना गरिएको छ । खण्ड ‘दुई’ मा रहेको ‘उपन्यास’ अन्तर्गत दसवटा कृतिका समालोचना समाविष्ट छन् । यसमा अक्लान्त कौरव, रात फुलेको याम, अग्निपथ, मालचरी, इतिहासको एक पैका, जून फुलेको देशतिर, मुक्तियुद्धमा, मुक्तिमार्ग, विद्रोहको गीत र दुश्मनका अखडाभित्र पुस्तकको टिप्पन समालोचना गरिएको छ । त्यसैगरी, खण्ड ‘तीन’ रहेको ‘कथा’ अन्तर्गत दसवटा सङ्घर्षको बाटो, पैँतालाले थिचेको देवता, युद्धको पीडा, रामप्रसादको सिसमहल, लाल विधवा, सङ्कल्प यात्रा, सुनछहरीको ऐनामा, क्रान्तिका कथाहरू, सन्त्रस्त आँखाहरू र प्रतिरोध कथाकृतिमाथि गरिएका टिप्पन समालोचना सङ्गृहीत छन् । खण्ड ‘चार’ मा रहेको ‘निबन्ध÷संस्मरण’ अन्तर्गत निबन्ध÷संस्मरणसम्बन्धी बीसवटा पुस्तक वैज्ञानिक समाजवाद र जनगणतन्त्र कोरिया, अविचलित यात्रा, समरका स्मृतिहरू, नाफाको जिन्दगी, यातनाशिविरका क्षणहरू, युद्धभित्रका संस्मरण, म रोएको त्यो दिन, जोखिमका पाइला, दस बर्से जनयुद्ध ः स्मृतिका डोबहरू, ती आँधीमय दिनहरू, कारवासभित्रका दिनचर्याहरू, मुक्तियात्रा, मुक्तिका लागि सङ्घर्ष, नसरीनलाई चिठी, लालमोर्चाका किल्लाहरूमा, युद्धमोर्चाका डोबहरू, बन्द पर्खालदेखि खुला आकाशसम्म, बन्दी आकाशविरुद्ध, इतिहासका रक्तिम पाइला र मानव वधशालाको यात्रामाथि गरिएका टिप्पन समालोचना रहेका छन् । खण्ड ‘पाँच’ मा ‘नाटक÷एकाङ्की’ अन्तर्गत पाँचवटा कृति दाना, युग उचाल्ने अक्षरकर्मीको अवसान, कागजको किल्ला, अधुरा यात्रा र  अमर मृत्युमाथि गरिएका टिप्पन समालोचना रहेका छन् । 
त्यसैगरी, खण्ड ‘छ’ मा रहेको ‘कविता÷काव्य’ अन्तर्गत बयालीसवटा अखण्ड आलाप, किनाराको प्रश्न, घनश्यामलाई चिठी, ओक्कल दोक्कल पिपल पात, स्वप्नदृष्टि, आँखासामु, उच्छ्वास, विद्रोही मनहरू, खोजी, प्रतिनिधि कविता, मनसरा, प्रश्नहरूको कारखाना, नयाँ आयाम, गहुँगोरो अफ्रिका, घुर्ची, म काठमाडौँ आइपुगेँ, सङ्कल्प, लालपाती, महासमरका यात्राहरूमा, मझेरीमा झरेको बिहानी, ज्वालामुखी फुटेपछि, उत्सर्ग, लुटिएका सीमाहरू, जून पस्किने यात्रामा, अस्मिताको खोजी, युद्धरत सगरमाथा, मुक्तिको क्यानभासमा, धारिला मानिसहरू, ओ ! मेरा सुन्दर लालीगुराँसहरू, श्रीपेचमाथि उभिएर, पृथ्वी कसको ?, चुँडाल्दै जञ्जीरहरू, हिमालयतिर हेर, आगो र सपनाहरू, ए ! मेरो आदरणीय लेकाली पूmल, युद्धभूमिका गीतहरू, दसगजावारि, निर्माणाधीन कविता, भत्केको दरबार, रक्तक्रान्तिका गीतहरू, मानव यातनाशाला र राता पूmलहरूमाथि गरिएका टिप्पन समालोचना रहेका छन् । अन्तिम खण्ड ‘सात’ मा ‘राजनीतिक÷वैचारिक’ अन्तर्गत दसवटा वैज्ञानिक समाजवाद, सङ्घर्षको इतिहास, सङ्घर्षका पाइला, प्रकाण्ड सङ्कलित रचना, समकालीन विश्व कम्युनिस्ट आन्दोलन, कालजयी कर्महरूमा बद्रीनारायण प्रधान, क्रान्ति र विद्रोह, माक्र्सवादी साहित्य र जनयुद्धको सौन्दर्य, इच्छुक स्मृतिग्रन्थ र पीडाभित्रको आक्रोशमा गरिएका टिप्पन समालोचना रहेका छन् । प्रस्तुत पुस्तकमा जम्माजम्मी एकसय दसजना स्रष्टाका एकसय दसवटा टिप्पन समालोचना समाविष्ट छन् । भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित प्रस्तुत ‘टिप्पन समालोचना’ ३७६ पृष्ठमा संरचित छ । यसको मूल्य रु. ५००÷– रहेको छ । 

 


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter