‘डिल्ली बजारको लप्टनको होटल’ पुस्तक लोकार्पण

9 महिना अगाडी

काठमाडौं । इतिहासकार एवं राजनीतिक विश्लेषक श्री अरविन्द रिमालद्वारा लिखित ऐतिहासिक संस्मरणात्मक निबन्ध संग्रह “डिल्लीबजारको लप्टनको होटल” लोकापर्ण भएको छ । नेपाल सांस्कृतिक संघको सम्मेलन कक्ष, कालिका स्थानमा भाद्र २५ गते एक समारोह बीच नेपालका मूर्धन्य संस्कृति विद तथा शताब्दी पुरुष सत्यमोहन जोशीजयूले सो पुस्तक लोकार्पण गर्नुभएको हो । करिव ६० जना अति प्राज्ञिक व्यक्तिहरुको उपस्थितिमा प्रायः पूर्वमन्त्रीहरू, पूर्वराजदूतहरू, प्राध्यापक, डाक्टर र प्रशासकहरूको बाहुल्यता देखिन्थ्यो । उक्त कार्यक्रममा सबै क्षेत्रका व्यक्तित्वहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो । 
सो क्रममा  डा. अरुणा उप्रेतीले  १० वर्ष अगाडि आफूले अमेरिकी राट्रपतिलाई भेट्दा उहाँको स्मरण शक्रि देखेर आफू नर्भस भएको बताउँदै लेखक अरविन्द रिमाज्यूले पनि यस पुस्तकमा त्यस समयका व्यक्तिहरुको नाम उल्लेख गरेको देखदा आफू अचम्मित भएको बताउनुभयो । 
पूर्व सांसद एवं लेखक हरि रोकाले सहभागीहरू सबै उच्च ओहोदामा रहेर लामो समय काम गरिसक्नुभएको हुँदा यहाँहरुले पनि आफ्ना महत्वपूर्ण अनुभवहरू समेटेर पुस्तक लेखिदिनुहुन अनुरोध गर्नुभयो । उहाँको विचार थियो पुस्तक सूचनामूलक लेखिनु पर्छ । भाषा सुन्दर हुनु पर्छ भन्ने छैन, सम्पादकले मिलाइदिन्छ । उहाँले नेपालमा युवा पाठकहरूको संख्या निकै थपिंदै छ भन्ने विचार राखि रहँदा कार्यक्रमका अर्का वक्ता पूर्व सांसद एवं नेपाली कांग्रेशका नेता सागर शम्शेर जबराले भने हरि रोकाले नेपालमा युवा पाठकहरूको संख्या निकै बढेको छ भन्नुभो । मैले सुनेको छु—नेकांका थुप्रै युवाहरू जीपी कोइराला र वीपी कोइरालामा कन्फ्युज हुन्छन् कसरी युवा पाठक बढे भनेर विश्वाश गर्ने भनी व्यङ्गय गरे । 
पूर्व राजदूत एवं वरिष्ठ पत्रकार कमल कोइरालाले रिमालको पुस्तकमा इतिहास परिचयका लागि आवश्यक सबै सामग्री भएको र केही कमजोरी भएपनि पुस्तक महत्वपूर्ण छ भन्नुभयो । वरिष्ठ पत्रकार भैरब रिसालले “डिल्लीबजारको लप्टनको होटलमा १० पैसा कप चिया थियो । त्यो चिया किनेर खाने हैसियत मसित थिएन । तैपनि त्यहाँको चेतना प्रवाह गर्ने गफ सुन्न जान्थें । गफ सुनेर र अरुले चिया पिएको हेरेर सन्तुष्ट हुन्थें ।” भन्दै त्यसबेलाको स्मरण गर्नु भयो । 
शताव्दिी पुरुष  तथा कार्यक्रमका प्रमुख अतिथि सत्य मोहन जोशीले “डिल्लीबजारको लप्टनको होटेलदेखि गणतन्त्र” सम्म समेट्ने गरी नेपालको राष्ट्रिय इतिहास नै लेखिनु आवश्यक रहेको छ भन्नेकुरा मा जोड दिनुभयो । उक्त पुस्तकको पहिलो संस्करणको प्रकाशसन नेपाल सांस्कृतिक संघले गरेको थियो भने यो दोस्रो संस्करणको प्रकाशसन टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले गरेको हो । नेपाल सांस्कृतिक संघ र टंकप्रसाल आचार्य स्मृति प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गरेको उक्त समारोहको अध्यक्षता संघका अध्यक्ष गोविन्ददेव पन्तले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सदस्यसचिव गोविन्द प्रसाद दुलालले गर्नुभएको थियो । 

 


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter