‘देवकी राष्ट्रिय चेतना भएकी कवि हुन्’

1 महिना अगाडी

काठमाडौं । कवि देवकी तिमल्सिना ‘समिक्षा’को ‘योद्धाको सपना’ कविता संग्रहको परिचर्चा कार्यक्रममा बोल्ने समिक्षकहरुले कवि राष्ट्रिय चेतना भएकी कवि रहेको धारणा राखेका छन् । सोमबार राजधानीको संवाद डबलीमा सुन्दर–सुन्धरा स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा सो धारणा राखेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काकला,साहित्य तथा सांस्कृति विभाग प्रमुख मणि थापाले जनयुद्धमा रचिएका कला, साहित्यले हजारौं क्रान्तिकारी, सेना, विद्रोही जन्मायो जसको परिणाम गणतन्त्र प्राप्त भएको धारणा राखे । थापाले कवि देवकीको कविताबाट वर्तमान शासक–प्रशासकहरुलाई खवरदारी भएको बताए । जनयुद्धको एकजना सेना, कलाकार हुँदै आज कविकारुपमा स्थापित भएको थापाले बताए । 
कार्यक्रममा बोल्दै थापालेविप्लवले विद्रोहको कुरा गरेको बताउँदै सत्तारुढ (नेकपा)भित्र पनि विद्रोहको आवश्यकता भएको बताए । “विप्लवले विद्रोहको कुरा गर्नुभएको छ, त्यस्तै सत्तासिन (नेकपा) भित्र पनि ठूलो विद्रोहको भाव छ, सी चिनफिङसम्म आउँदा अनुसासित हुने कि नहुने कुराको चर्चा छ । हिजो उठाएको क्रान्तिको झण्डा त्यहीरुपमा उठ्दैन तर फरक तरिकाले उठ्ने निश्चित भएको छ” थापाले भने । उनले क्रान्तिको बाँकी काम पूर्वएमाले र काँग्रेसले नगर्ने भन्दै अगाडि भने, “बाँकी क्रान्ति हिजोका क्रान्तिकारीहरुले गर्न नै तयार हुनुपर्छ, जनताले फेरि एकपटक हाम्रै मुख हेरेका छन्, त्यसैले कवि समिक्षाले अझै क्रान्तिकारी कविता लेख्नु पर्छ ।” उनले समाजमा रुपान्तरण, क्रान्तिको, सामाजिक रुपान्तरणको लागि तयार हुनु पर्ने बताए ।
तिमिले जितेको युद्ध नायकहरु धेरै टिक्नेवाला छैन भनेर कविले कवितामा लेखेको कुरा साँचो हुन थालेको भन्दै प्रा.डा. माधवप्रसाद पोखरेलले परमपरागत रुपमा जकडिएको हैकमवादविरुद्ध लड्न युद्ध मैदानमा उत्रेकी कवियात्रीले नेपाली समाजको रुपान्तरणमा योगदान दिए पनि अझै धेरै कुरा बाँकी रहेको धारणा राखे । 
जबसम्म नेपालको जस्तो अटेरी प्रशासन हुन्छ तबसम्म प्रचण्ड त के चे ग्वोएवारा नै यहाँ आएपनि देश परिवर्तन नहुने भन्दै पोखरेल विश्वमा माक्र्सवादका नयाँ संस्करणहरु आएको बेला कवि देवकी तिमल्सिनाले नयाँ कविता लेख्नु पर्ने धारणा राखे ।
डा.नवराज लम्सालले आफू बाँचेको समयमा टेकेर कविलेबास्तविकता र भोगाईमा इमान्दार भएर रचिएको कविताले नै देवकी तिमल्सिना एक महान कवि बन्ने सम्भावना रहेको उल्लेख गरे ।
समालोचक डा.बिन्दु शर्माले अभिव्यक्तिलाई मौलिक भाषा र विम्वहरुलाई प्रयोग जनयुद्धमा लडेका योद्धाहरुको भाव मात्र नभएर समाजमा उत्पीडित महिला तथा जनसमुदायको भावनाको संग्रह यो कविता भएको बताए । 
कार्यक्रममा रमेश शुभेच्छुकले भने, “कवि तिमल्सिना क्रान्ति चेतनाको कवि हो उहाँका प्रत्येक कविता जिवन्त छन् । उहाँ विचार र कलाको संयोजन गर्न सक्ने क्षमतावान कवि भएको पुष्टि भएको छ । उहाँ जनयुद्धको रापतापबाट आएको खारिएको व्यक्तित्व रहेको उहाँ सर्वाधिक चर्चित कवि हुने सम्भावना छ । मुलत युद्ध चिन्तनले मुल विषय बनाएको छ, उत्साहले युद्धमा लागियो तर विचैमा क्रान्ति पुरा नभएको कुराले निराशा ल्याउछ ।”उनले कवि देवकी राष्ट्रिय, मानवीय, क्रान्तिकारी चेतना भएकी, युद्धकवि भएको बताउँदै हरेक पल्ट निराश भएपनि फेरि निराशालाई आशाका किरण छर्ने कविकारुपमा बुझ्न सकिने बताए । 
कवि देवकी तिमल्सिनाले आगामी दिनमा पनि यस्तै भोगाईमा रहेर साहित्य लेख्ने प्रयत्न गर्ने बताईन । उनले विगतमा देखेको सपनालाई पूरा गर्न सधै लागि पर्ने धारणा राखिन् । उनले नेता मणि थापाले भने जस्तै सामाजिक रुपान्तरणको चुनौतीलाई सामना गर्न सधै तत्पर हने धारणा राखिन् ।
कार्यक्रममा डा.दीपेन्द्र रोकायाले जीवनलाई हत्केलामाथि राखेर समाज परिर्वनको बाटोमा लाग्ने कमै हुन्छन् भन्दै त्यही परिवर्तनको बाटोमा आफू र आफ्नी जीवन संगिनी कवि देवकी निरन्तर लाग्ने धारणा राखे । उनले विगतमा जुन सपना देखेर क्रान्तिमा लागियो त्यो सपना ज्यूदा राख्न निरन्तर लाग्ने पनि बताए ।

 


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

Advertisement
Advertisement

Subscribe our Newsletter