‘रणनीतिक गल्ती’ नगर्न भारतलाई चीनको चेतावनी

1 महिना अगाडी

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘विस्तारवादको युग’ समाप्त भएको बताएका छन्  । चीन र भारतबीच पछिल्लो तनावको मुद्दा बनेको हिामाली क्षेत्र लद्दाखमा आकस्मिक भ्रमणमा शुक्रबार पुगेका मोदीले  गत महिना चिनियाँ सैनिकहरुसँगको भीडन्तमा मारिएका सैकिहरुलाई श्रद्धाञ्जली दिँदै  सो कुरा बताएका हुन् ।
‘विस्तारवादको युग सकिएको छ, अहिलेको युग विकासको युग हो । इतिहास साक्षी छ, विस्तारवादी शक्तिहरु या त हारेका छन् या त पिठ्यूँ फकाउन बाध्य भएका छन्,’ गत जुन १५ मा भएको हिंस्रक सीमा झडपपछि उनले सो क्षेत्रमा गरेको पहिलो भ्रमणको क्रममा चीनको नाम नै नलिइकन सो कुरा बताएका हुन् ।
सो झडपमा २० जना भारतीय सैनिकहरु मारिएपछि चीनलाई ‘जवाफ फकाउनुपर्ने’ चर्को दवाब भारतीय प्रम मोदीमाथि छ । सोही दवाबका बीच उनी सो क्षेत्रको भ्रमणमा पुगेका छन् र लद्दाखको निमु क्षेत्रस्थित बेस क्याम्पमा सैनिकहरुसँग भेटघाट गरेर ‘हौसला’ बढाएका छन् ।
‘तपाईंहरुको साहस तपाईंहरु अहिले खटिनुभएका उचाईभन्दा पनि अग्लो छ’ त्यहाँ सैनिकहरुलाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘तपाईंहरु र जनताले देखाएको वीरताले विश्वलाई नै भारतको शक्तिको बारेमा सन्देश गएको छ ।’

भ्रमको दौरानमा भारतीय प्रम मोदीलाई चीफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत र सेना प्रमुख जनरल मनोज मुकुन्द नरभानेले साथ दिएका थिए । सीमा विवादका क्रममा समुद्री सतहबाट १४ हजार फीट माथि भएको सो हिंस्रक भीडन्त विगत ५० वर्ष यताकै सबैभन्दा खराब मानिएको छ ।  तर सो घटनामा परेर आफ्नो तर्फबाट कति हताहत भए भन्नेबारे चीनले अझै खुलाएको छैन ।

सीमाक्षेत्रमा बढ्दो विवाद र भारतीय प्रम मोदीको सो क्षेत्रमा भएको भ्रमणलाई लिएर शुक्रबार नै चीनले भारतलाई ‘रणनीतिक गल्ती’ नगर्न चेतावनी दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले नयाँ दिल्लीलाई ‘चीनसँग सहकार्य गरेर द्विपक्षीय सम्बन्धका सबै स्थितिहरुको रक्षा गर्न’ आव्हान समेत गरेको छ ।उनले भारतीय पदाधिकारीहरुले गरिरहेको ‘गैरजिम्मेवार टिप्पणीहरु’को आलोचना समेत गरेका छन् । दैनिक पत्रकार भेटघाटको क्रममा उनले भनेका छन्, ‘भारतले चीनका बारेमा रणनीतिक गल्तीहरु गर्नु हुँदैन ।’

एशियाका दुई विशाल तथा आणविक शक्ति सम्पन्न छिमेकी मुलुकहरु चीन र भारतले करिब ३५०० किलोमिटर लामो सीमा क्षेत्रमा ठूलो संख्यामा सैनिक तथा युद्धका बन्दोवस्ती सामानहरु जम्मा गर्न थालेका छन्  । सो विवादित सीमा क्षेत्रका धेरै जसो स्थानहरु राम्ररी चिन्हित नगरिएका अवस्थामा छन् । तनावलाई कम गर्न र भीडन्तलाई टार्नका लागि दुवै मुलुकबीच अहिले सैन्य तथा कुटनीतिक वार्ताहरु पनि चलिरहेका छन् ।

हेक्का रहोस्, चीन र भारतबीच एक अर्काले आफ्नो भूभाग कब्जा गरेको आरोप प्रत्यारोप चल्दै आएको छ । भारतको दावीअनुसार, चीनले ३८ हजार वर्ग किलोमिटर आफ्नो भूमि चीनले कब्जा गरेको छ । उता चीनको दावी चाहिँ भारतले नै चीनको ९० हजार वर्ग  किलोमिटर भूमि भारतले कब्जा गरेको भन्ने रहँदै आएको छ ।

पछिल्लो चरणमा भारत र चीनबीच विवाद र तनाव चर्कनुको कारण चाहिँ हालको वास्तविक नियन्त्रण रेखा भनिने हालको सीमा क्षेत्रमा भारतले पछिल्ला वर्षहरुमा गरेका सैन्य संरचनाहरुको निर्माण एक हो भनी विश्लेषकहरु ठान्दछन् । त्यसबाहेक, भारतले विवादित लद्दाख क्षेत्र समेत गरी भारत प्रशासित काश्मिरलाई स्वायत्तताको प्रत्याभूति दिने संविधानको धारा ३७० लाई खारेज गरेपछि पनि तनाव चर्केका विश्लेषण एकाथरिको छ ।

पाकिस्तानले जस्तै चीनले पनि भारतको उक्त कदमलाई शंकाको नजरले हेर्ने गर्छ र त्यस कदमले आफ्नो क्षेत्रलाई समेत असर पर्ने ठान्दछ । सोही कारण गत वर्ष चीनले राष्ट्रसंघको सुरक्षा परिषदमा नै भारतको उक्त कदमका विरुद्ध विरोध जनाएसकेको छ । 

भारतले फाइटर जेट किन्ने 

यसबीच भारतको रक्षा मन्त्रालयले २० वटा रुसी मिट २९ र १२ वटा सुखोई एसयु–३०एमकेआई फाइटर जेटहरु किन्ने भएको छ । चीनसँगको विवाद चर्कदै जाँदा भारतले आफ्नो हवाई सेनामा थप्न आँटेका यी विमानहरुको मूल्य २ अरब ४३ करोड अमेरिकी डलर पर्दछ । त्यसो त सन् २०१६ मा नै फ्रान्ससँग सम्झौता गरिएको ३६ वटा राफल फाइटर जेटहरु पनि भारतीय हवाई सेनामा थपिँदैछ । ती ३६ वटा जेटका मूल्य ८ अरब ७८ करोड अमेरिकी डलर छ । गत हप्ता मात्रै भारतले चीनका ५९ वटा मोबाइल एप्लिकेसनहरुमाथि प्रतिबन्ध लगाइसकेको छ ।

त्यसैगरी, भारतले चीन लक्षित केही आर्थिक प्रतिबन्धहरु घोषणा गरेको छ । चीनबाट आयात भएका तर भारतका ठूला फर्मास्युटिकल उद्योगका लागि चाहिने कच्चा पदार्थ ठूलो मात्रामा भारतीय भन्सारमा थन्किएका छन् । भारत सरकारले आफ्ना विद्यृत गृहका लागि आवश्यक उपकरणहरु चीनबाट खरिद नगर्ने तथा नयाँ सडक परियोजनामा चिनियाँ निर्माण कम्पनीलाई काम नदिने निर्णय समेत गरेको छ ।

शुक्रबार नै चीनले द्विपक्षीय सम्बन्धलाई ‘कृत्रिम प्रतिबन्ध’ लगाउने भारतका त्यस्ता कदमले भारतीय स्वार्थलाई नै नोक्सान पुर्याउने जनाउँदै दुवै मुलुकले सीमाक्षेत्रमा शान्ति कायम गर्न सहकार्य गर्नुपर्ने बताइसकेको छ ।

साथसाथै, ‘भारतमा चीनको व्यवसायिक अधिकार रक्षाको लागि वेइजिंगले आवश्यक कदमहरु चाल्ने’ चेतावनी पनि शुक्रबारको प्रेस भेटघाटमा चीनका विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले दिइसकेका छन् । स्मरणरहोस्, चीन र भारतबीचको वार्षिक द्विपक्षीय व्यापार ९२ अरब अमेरिकी डलर बरारबरको छ ।


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter