‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ घोषणा

2018-11-28

काठमाडौं । सडक दुर्घटनामा दिवंगत पत्रकार विजयबाबु खत्रीको स्मृतिमा ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ घोषणा भएको छ । विजयबाबुको सातौं स्मृति दिवसमा नेपाल समाचार केन्द्रकी अध्यक्ष लक्ष्मी श्रेष्ठले ३४ हजार रुपैयाँ राशिको ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ घोषणा गरेकी हुन् ।
पुरस्कारका लागि श्रेष्ठले ३ लाख ५० हजार रुपैयाँको कोष स्थापना गरेकी छन् । कोषको संरक्षक नेपाल समाचार केन्द्र रहेछ । कोषमा रहेको रकमको ब्याजबाट बर्सेनि पत्रकारिता पुरस्कार प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिइन् । ‘विजयबाबुको निधन हुँदा उहाँ ३४ वर्षको हुनुहुन्थ्यो, त्यसैले पुरस्कारको राशि पनि ३४ हजार रुपैयाँ तोकिएको हो,’ विजयबाबुकी श्रीमती श्रेष्ठले भनिन्, ‘अक्षयकोषको रकम र पुरस्कारको राशि बर्सेनि बढाउँदै लगिनेछ ।’
२०७६ साल मंसिर १२ गतेबाट हरेक वर्ष एकजना पत्रकारलाई यो पुरस्कार प्रदान गरिनेछ । ‘मुलुकको आर्थिक समृद्धि, जनजीविका र अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपालमा लगानीका लागि उत्साहित गराउने गरी कलम चलाउने पत्रकारलाई यो पुरस्कार प्रदान गरिनेछ,’ न्युज कारोबारको कर्पोरेट कार्यालय मध्यबानेश्वरमा बुधबार आयोजित नेपाल समाचार केन्द्रकी अध्यक्ष श्रेष्ठले भनिन् । पुरस्कार वितरणका लागि नेपाल पत्रकार महासंघ, न्युुज कारोबार र एकजना वरिष्ठ पत्रकार रहनेगरी छनोट समिति गठन गरिनेछ ।
नेपालमा आर्थिक पत्रकारिताको बाटो खन्ने काममा पत्रकार विजयबाबु खत्रीको योगदान महत्वपूर्ण र अविष्मरणीय रहेको अग्रज पत्रकार तथा उद्योगी बताउँछन् । कारोबार राष्ट्रिय दैनिक पनि विजयबाबुकै अग्रसरतामा प्रकाशनमा आएको हो । आर्थिक पत्रकारितामा विजयबाबुको योगदानलाई स्मरणमा राख्न र जुझारु पत्रकारलाई प्रोत्साहन गर्न ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ महत्वपूर्ण हुने न्युज कारोबारका सम्पादक डीआर आचार्यले बताए ।
नेपाल पत्रकार महासंघले विजयबाबु स्मृति पत्रकारिता पुरस्कार घोषणाको सराहना गरेको छ । महासंघका अध्यक्ष आचार्यले विजयबाबुकी श्रीमतीको एकल प्रयासमा यति ठूलो पुरस्कार घोषणा हुनु पत्रकारिता जगतकै लागि प्रेरणादायी कुरा भएको बताए । ‘यसमा पत्रकार महासंघको सधैं उच्च सहयोग रहनेछ,’ उनले भने, ‘यो पुरस्कारले स्वतन्त्र र निष्पक्ष पत्रकारिता गर्ने पत्रकारलाई थप प्रोत्साहित गर्ने हाम्रो विश्वास छ ।’
कारोबार दैनिकको ब्रान्डिङका लागि देशव्यापी यात्रामा निस्केका बेला रुपन्देहीको सालझन्डीमा सवारी दुर्घटनामा परी २०६८ साल मंसिर १२ गते विजयबाबुको निधन भएको थियो ।

 


‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ घोषणा

Click to Zoom




Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter