‘शासन व्यवस्था जे होस्, नेपाल हिन्दू राष्ट्र हुनुपर्छ’

4 दिन अगाडी

काठमाडौं । । हिन्दू परिषद् नेपालका केन्द्रीय अध्यक्ष सन्तोष पटेलले यही वर्षभित्र नेपाल हिन्दू राष्ट्र हुने वातावरण तयार हुँदै गइरहेको दाबी गरेका छन् ।
हिन्दू परिषद् नेपाल केन्द्रीय कार्यसमितिले मंगलबार काठमाडौंस्थित मधेश मिडिया हाउसमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष पटेलले यस्तो दाबी गरेका हुन् ।
विदेशी शक्तिहरुले चलखेल गरी षड्यन्त्रपूर्वक नेपालबाट रातारात हिन्दू राष्ट्रबाट धर्मनिरपेक्षता घोषणा गराएको आरोप लगाएका छन् । उनले नेपालका नेताहरुलाई विभिन्न प्रलोभनमा पारी विश्वका एकमात्र हिन्दू राष्ट्र नेपाललाई धर्मनिरपेक्ष बनाएको दाबी गरेका छन् ।
‘नेपाल हिन्दू राष्ट्र हुँदा कुनै पनि धर्मका व्यक्तिलाई खतरा थिएन, तर अहिले धर्म निरपेक्षता हुँदा क्रिष्चियनहरुले विभिन्न धर्मावलम्बीहरुबीच द्वन्द्वको अवस्था सिर्जना गरिरहेका छन्’, अध्यक्ष पटेलले भने, ‘अब पुनः नेपाललाई हिन्दू राष्ट्र बनाउनका लागि सबै आआफ्नो ठाउँबाट लाग्नुपर्छ ।’
‘शासन व्यवस्था जे होस्, नेपाल हिन्दू राष्ट्र हुनुपर्छ’ आफूहरुको एक सूत्रीय माग रहेको परिषद्का अध्यक्ष पटेलले बताएका छन् । उनले हिन्दू राष्ट्रको कुरा उठाउँदा राजावादीको आरोप लगाउनेहरु क्रिष्चियन नै रहेको दाबी गरेका छन् । उनले बौद्ध धर्मावलम्बीहरु पनि हिन्दू राष्ट्रकै एक अंग रहेकोसमेत बताएका छन् ।
आफूहरु राजावादी नरहेको प्रष्ट अध्यक्ष पटेलले पारेका छन् । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र भएपनि हिन्दू राष्ट्र नै हुनुपर्ने बताए । हिन्दू राष्ट्रका लागि अन्तर्राष्ट्रियसतरमा समेत चर्चा चलिरहेको दाबी गरेका छन् ।
काठमाडौं जिल्ला कार्यसमिति घोषणा
गणेश थापाको अध्यक्षतामा हिन्दू परिषद् नेपालले २८ सदस्यीय काठमाडौं जिल्ला कार्यसमिति घोषणा गरेको छ । जसको उपाध्यक्षद्वय मुग बहादुर मगर (मंगल थापा) र गीता साह रहेका छन् ।
यसैगरी, सदस्यहरु सुजित कुमार साह, भुवनसिंह शिवाकोटी, देवराज अधिकारी, सुन्दरबहादुर सुवेदी, प्रेमकुमार श्रेष्ठ, मेघराज साहू, निर्मला मजकोटी, रमेश सेढाई, ऋषि लामा, दालसिंह लामा, शिवप्रसाद खनाल, शिवजी बहादुर जी ठकुरी, हेमा मल्ल ठकुरी, विक्रम सापकोटा र साधना यादवरहेका छन् ।
यस्तै, मनोनित केन्द्रस्य सदस्य तथा सल्लाहकारहरुमा उपेन्द्र झा, अनिल कर्ण, सपना अर्याल, श्यामसुन्दर राय कुर्मी, हंसा साह, पिंकी महासेठ, देवदत्त पन्त, अजय महतो र पल्टन ठाकुर रहेका छन् ।


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter