“इन्द्रकुमारी” विमोचन

2018-07-29

काठमाडौं, साउन १३ गते । पूर्व सांसद तथा कवि अशोकनाथ तिवारीद्धारा लिखीत “इन्द्रकुमारी” महाकाव्य आज एक कार्यक्रमका बिच विमोचन भएको छ । 
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहकी जेठी रानी ईन्द्रकुमारीको जीवनीमा आधारित भई सृजना गरिएको महाकाव्य माथि बोल्दै कवि डा. देवी नेपालले इन्द्रकुमारीलाई बिषय बनाएर धेरैले महाकाव्य लेखेका तर सबैले पृथ्वीनारायण शाहलाई छुच्चो र घमण्डी देखाएको ईतिहासमा  यो महाकाव्यबाट पृथ्वीनारायण शाहले न्याय पाएको र उनका दागहरु मेटिएको बताउनुु भयो । 
कवि प्रभा भट्टराईले नेपाली साहित्यमा अर्को इन्द्रकुमारी जन्मिएकी बताउनुहुँदै जन्माउने सर्जकलाई शुभकामना दिदै नेपाल एकिकरणको समयमा महत्वपूर्ण तर लुकेको पाटो खोतल्न ईन्द्रकुमारी सफल रहेको बताउनुभयो ।  
कवि डा.रामप्रसाद ज्ञवालीले महाकाव्य माथि बोल्दै भन्नुभयो “बिषय जति सामान्य हुन्छ , प्रस्तुती उतिनै कठिन हुन्छ ,सर्जकलाई आफ्नो मौलिकता कसरी दिने भन्ने कुरामा ठुलो चुनौति हुन्छ  तर ईन्द्रकुमारी महाकाव्य यो चुनौतीबाट जोगिन सफल भएको बताउनुभयो । महाकाव्यले पृथ्वीनारायण शाहलाई न्याय गरेको बताउनुहुँदै, पृथ्वीनारायण शाहले पहिलो विवाहको केही समयमै अर्को विवाह गरे भन्ने दोस दिइदै आइएको पाईन्छ । तर यो महाकाव्यमा पृथ्वीनारायण शालले किन अर्को विवाह गरे भन्ने कुरामा प्रकाश पारेका छन । यसअर्थ यो महाकाव्य ऐतीहासीक र कालजयी भएको बताउनुभयो ।
लेखन र प्रकाशनका बारे बताउदै कमला तिवारीले कवि र कविता नेपाली साहित्यको मात्र नभई अर्थतन्त्रको पनि अंग बन्नु पर्छ भन्नुभयो । 
ईन्दकुमारीका महाकाव्यका लेखक कवि अशोक नाथ तिवारीले सानै बेला देखि पृथ्वीनारायण शाहको बारेमा आफुले पढेको तर इन्द्रकुमारी को बारेमा पढ्दा पटक पटक रोकिएको , ईन्द्रकुमारीलाई भएको अन्यायले आफुलाई पोलेकोले ईन्द्र्रकुमारी महाकाव्यको सृजना हुन गएको बताउनुभयो । लेखनकुन्जमा भएको कार्यक्रममा छन्द कवि सुदेश सत्याल , भवानी खतिवडा , गणेश प्रसाद खतिवडा ले कविता वाचन गर्नुभएको थियो । 
कविता ईन्द्रकुमारी सिमल बुक प्रकाशनले प्रकाशन गरेको हो । 

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter