“ख्लासी अनिउ”को पहिलो गीत “डिहिरी छार्वा” सार्वजनिक (भिडियोसहित)

1 महिना अगाडी

काठमाडौँ । तामाङ फाउण्डेशन नेपालका अध्यक्ष, नेकपा (माओवादी केन्द्र) को पोलिटव्यूरो सदस्य तथा निर्देशक अरुण घिसिङद्वारा निर्मित चलचित्र ‘ख्लासी आनिउ’ को पहिलो गीत ‘डिहिरी छार्वा’ सार्वजनिक भएको छ । 
आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त चलचित्रको पहिलो गीत सार्वजकि गरिएको हो । तामाङ समूदायको सामान्य जीवनमा आधारित उक्त चलचित्र यही फागुन १७ (शनिबार) बिहान ११ बजेदेखि काठमाडौंको जमलस्थित् राष्ट्रिय नाँचघरमा प्रदर्शन हुने निर्देशक घिसिङले जानकारी दिए ।
कार्यक्रममा फिल्मका निर्माता तथा निर्देशक घिसिङले तामाङ समूदायमा आधारित अहिलेसम्म एक सय ३० वटा फिल्म निर्माण भइसकेको जनाउँदै भने,‘नेपाली समाजमा तामाङ समूदाय उत्पीडनको समुदाय, यसलाई उजागर गर्न जरुरी छ ।’ गुणस्तरीय नभएको र दर्शकका आकांक्षालाई पुरा नगरेको कारण नेपाली चलचित्रहरुले राम्रो प्रदर्शन नगरेको उनको भनाई थियो ।
दर्शकको इच्छा र आकांक्षालाई ध्यान दिएर चलचित्र निर्माण गरिएको उनले बताए । उक्त चलचित्रले मूलधारका नेपाली चलचित्रसंग प्रतिष्पर्धा गर्ने उनको दाबी छ । ‘ख्लासी आनिउ’ को दोस्रो भागको लागि काम भइरहेका समेत उनले जनाए । उनले भने,‘आगामी बैशाखसम्ममा यो चलचित्रको दोस्रो भाग आईसकेका छन् ।’ 
त्यसैगरी कार्यक्रममा गीतका लेखक तथा फिल्मका नायक ऋतुराज पाख्रिनले गाउँका सामान्य जीवनलाई चलचित्रमा उतारिएको स्पष्ट पारे । उनले भने,‘तामाङ समूदायका उत्पीडनलाई चलचित्रको माध्यमबाट उजागर गर्न जरुरी छ ।’ कलाकारलाई राज्यबाट कुनै सहयोग नरहेको उनको गुनासो थियो । कलाकारको पीडालाई राज्यले बुझ्न आवश्यक रहेको पनि उनले आवश्यकत्ता औंल्याए । ‘च्यारिटीको भरमा हामीले चलचित्र निर्माण गर्दै आएका छौं, समुदायमा आधारित चलचित्रलाई प्रोत्साहन गर्न  राज्य गम्भीर हुनुपर्छ ।’–उनले भने ।  
त्यसैगरी कार्यक्रममा चलचित्रका खलनायक बाबुराम ग्याबाले तामाङ समुदायको अवस्थालाई यस चलचित्रमार्फत दर्शाइएको छ । उनले भने,‘ यो मेरो पहिलो फिल्म हो ।’ चलचित्र दर्शक माँझ निकै लोकप्रिय हुने आशा समेत उनले राखेका छन् । कलाकारको विकृति र बिसंगतिलाई हटाउने प्रयास यस चलचित्रमार्फत गरिएको उनले बताए । फागुन १७ रिलिज हुन लागेको यस चलचित्रलाई माया गरिदिन सम्पूर्ण दर्शकलाई आग्रह गरेका छन् ।
त्यसैगरी कार्यक्रममा चलचित्र निर्माता विनय दोङ तामाङले आदिवासी, जनजातीलाई समेटेर चलचित्र निर्माण भएकोमा खुशी व्यक्त गरेका छन् । उनले सो चलचित्रका निर्माता अरुण घिसिङलाई समुदायिक चलचित्र निर्माण गरेकोमा धन्यावाद ज्ञापन गरे । ‘भव्य तरिकाले चलचित्र प्रदर्शन होस् भन्ने मेरो शुभकामना छ ।’–उनले भने । उक्त चलचित्रको कार्यकारी निर्माता भने ईन्दिरा वाईबा हुन् । 

 


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter