“जीवनयात्रा” पुस्तक सार्वजनिक

2018-07-09

काठमाडौं, असार २५ गते । लेखन, पत्रकारिता र सरकारी सेवामा लामो समयदेखि सक्रिय तथा भुगर्भविद अरूणकुमार सुवेदीको आत्मकथा “जीवनयात्रा” सार्वजनिक भएको छ । 
घोष्ट राईटिङ नेपालद्धारा प्रकाशित “जीवनयात्रा”किताब भुगर्भशाःत्रका प्राध्यापक तारानिधि रेग्मी, लेखक अरुणकुमार सुवेदी, सम्पादक टङ्क पन्त, पत्रकारद्वय गुणराज लुइँटेलरतीर्थ कोइराला र पुर्वान्चल विश्वविद्यालयका पूर्वउपकुलपति जगतबहादुर क्षेत्रीले संयुक्त रूपमा सार्वजनिकिकरण गरेका हुन् । 
किताबमाथि बोल्दै भुगर्भशाःत्रका प्राध्यापक तारानिधि भट्टराईले भने, पुस्तक पढ्न थालेपछि छोड्न मन लाग्दैन । यो पुःतक मात्र होइन, आगाको फिलिङ्गो हो । वहाँको व्यक्तित्व, ओज र सोचका आधारमा नेपालमा यत्तिको होनहार मान्छे पनि छ र भन्ने प्रश्नचिह्न खडा हुन्छ । उहाँ बहुआयामिक व्यक्तित्वको धनी हुनुहुँदो रहेछ भन्ने खुलासा भएको छ । पुस्तकमा खानीको बारेमा आधारभूत जानकारी मात्रै नभएर नेपालमा कहाँकहाँ कःताकःता खानी छन् र हामी कति धनी छौँ भन्ने व्याख्या गरिएको छ । 
त्यसैगरी अर्का वक्ता पत्रकार गुणराज लुइँटेलले भने, यस किताबलाई तथ्यगत रूपमा हेर्दा आधिकारिक दःतावेजजःतो लाग्छ, अन्यथा यी कुराहरू केवल उहाँका व्यक्तिगत अनुभवका रूपमा मात्र सीमित हुन्थे । यहाँ माझकिरातको एउटा सभ्यताको नालिबेलीसमेत आएको छ । सँगसँगै वन्यजन्तु संरक्षणमा पनि मान्छेलाई सचेत गराएका छन् । भूत, झाँक्रीजस्ता हाम्रा पुराना सभ्यता र संस्कृतिका कुरा पनि नयाँ र अनुसन्धेय ढङ्गले आएका छन् । हामीले बिर्सिसकेका ग्रामीण शब्द र प्रथाहरूका बारेमा पनि पाठकले नयाँ संवाद अनुभव गर्न सक्छन् । यसर्थ यो किताब माझकिरातमा बस्ने मान्छेहरूको साझा कथा हो । सुरूमा लेखक कम्युनिष्ट गतिविधिमा समेत संलग्न रहेको तथा नाटककार तथा लेखक अभि सुवेदी तथा भाषाविद् बल्लभमणि दाहालसँगका प्रसङ्ग पनि किताबको गहना भएर आएका छन् ।
किताबमाथि बोल्दै पत्रकार तीर्थ कोइरालाले भने, ठाउँ विशेषले जाति निर्धारण हुन्छ भन्ने देखाउँछ । यश किताबमा अरुणकुमार लिम्बू सुवेदीको व्यक्तित्व निर्माण भएको छ । सुवेदीको व्यक्तित्व हेर्दा केही समयपछि जन्मिएका भए देश परिवर्तनका लागि गतिलो आधार बन्न सक्थे । किताबमा उनी सिनेमाका नायक जस्ता लाग्छन् । यश किताबमा तीथिमितिमा ख्याल गरिएको छैन, ठाडो भाषा छ । यस्ता सामान्य कमजोरीबाहेक किताबले देशको आत्माको खोजी गरेको छ । राजादेखि विषयविज्ञ र विद्वानसम्मको सरसङ्गत गरेका सुवेदीले जहाँ पनि आफ्नो हक्की स्वभावको परिचय दिएका छन् । उनले पूर्व लिम्बूवानको हिरादेखि दार्चुलासम्मको हिराको खोजी गरिएको छ । खानी र भुगर्भका दृष्टिले देशको समृद्धिको ढोका खोलेको छ ।झ
किताबमाथि प्रकाश पार्दै पूर्वान्चल विश्वविद्यालयका पूर्व उपकुलपति जगतबहादुर क्षेत्रीले भने, मलाई त किताब पढेपछि अरूण अजिङ्गरजस्तै लाग्यो । उनको व्यक्तित्व खोलोजस्तै ओह्रालो बगिरहने खालको रहेछ भन्ने किताबमा स्पष्ट ढङ्गले आएको छ । अरुणले जीवनमा कठोरभन्दा कठोर निर्णय पनि गरेको देखिन्छ । साहसले मान्छेलाई अगाडि बढाउँछ भन्ने प्रेरणा नै किताबको मुख्य सन्देश हो ।
वरिष्ठ पत्रकार टंक पन्तले भने, नयाँ पुस्तालाई एउटा नयाँ खोज र अनुसन्धानको लागि पुस्तकले महत्वपूर्ण भुमिका खेल्न सक्ने छ । 
पुस्तक लेखक अरुण कुमार सुवेदीले भने, किताब राष्ट्रको लागि सुम्पेको छु । किताबाट मैले जिग्यास्या जगाईदिने हो अबको नयाँ पिडिंले पुस्तकमै आधार रहेर नयाँ खोज गर्न सक्ने छ । 

 

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter