“रेडियो सन्देशको बम्पर अफर”

5 महिना अगाडी

हेटौँडा÷सामुदायिक सञ्चार समुहद्वारा सञ्चालित सामुदायिक रेडियो, रेडियो सन्देश १०६.९ मेगाहर्जले आफ्नो शुभारम्भको बिषेश कार्यक्रम तथा निकास साप्ताहिकको १५ औँ वार्षिकोत्सव थाईल्याण्डको बैंककमा गर्ने भएको छ । 
आज हेटौँडाको न्युज क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा रेडियो सन्देशका अध्यक्ष एवम् निकास साप्ताहिकका प्रकाशक सुनिल खड्काले रेडियो सन्देशले घोषणा गरेको बम्पर अफर अन्र्तगत बिज्ञापनदाताहरुलाई ५ दिन निःशुल्क थाईल्याण्ड भ्रमण गराउने पनि बताउनुभयो । 
रेडियो सन्देशमा बिज्ञापन दिने बिज्ञापनदाताहरुलाई २०७६ बैंसाखमा निशुल्क बिदेश भ्रमण गराउने भनेर रेडियोले यस अघि नैं घोषणा गरेको थियो । तर बिज्ञापनदाताहरुको संङ्ख्या धेरैं भएको कारण २ महिना अघि नैं बिदेश भ्रमण कार्यक्रम राखिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । यही फागुन २३ गतेदेखी २७ गतेसम्म हुने थाईल्याण्ड भ्रमणका क्रममा रेडियो सन्देश र निकास साप्ताहिकको बिषेश कार्यक्रम पनि हुने अध्यक्ष खड्काले बताउनुभयो । 
थाईल्याण्डमा हुने विशेष कार्यक्रममा रामचन्द्र स्मृति सिर्जनशिल राष्ट्रिय पत्रकारिता पुरस्कार समेत दिईने जानकारी दिईएको छ । खड्काले आफ्ना स्वर्गिय पिताको नाउँमा १४ बर्षअघि स्थापना गरेको “रामचन्द्र स्मृति सिर्जनशिल राष्ट्रिय पत्रकारिता पुरस्कार” र वर्ष ब्यक्ति सम्मान समेत विषेश कार्यक्रमकै अवसरमा प्रदान गरिने खड्काले बताउनुभयो ।
कार्यक्रममा रेडियोले शुभारम्भको अवसरमा विज्ञापन दाताको लागि शुरु गरेको निशुल्क विदेश भ्रमणको योजना अन्र्तगत करिब ३ दर्जन विज्ञापनदातालाई समेत निशुल्क थाईल्याण्ड भ्रमणको अवसर प्रदान गर्न लागेको समेत उहाँले जानकारी दिनुभयो । 
कार्यक्रममा सहभागि हुन मकवानपुरे पत्रकार सहित ६० जनाको हारहारीमा फागुन २३ गते प्रस्थान गर्ने समेत आयोजकको भनाई रहेको थियो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ तीन नंबर प्रदेशका अध्यक्ष प्रताप विष्टले सञ्चार क्षेत्रले विदेशमा गएर कार्यक्रमहरु गर्नु सुखद पक्ष भएको बताए  ।  पत्रकार सम्मेलनमा पत्रकार महासंघ प्रदेश नंबर ३ का महासचिव कृष्ण सारुमगर, मकवानपुर अध्यक्ष हरि हुमागाई लगाएतको आतिथ्यता रहेको थियो ।
असोज १ गतेदेखी प्रशारणमा आएको रेडियोले बिशेषगरी बिज्ञापनदाताहरुलाई लक्षित गरेर बम्पर अफर ल्याएको थियो । १ बर्षसम्म नियमित रेडियोमा बिज्ञापन प्रशारण गर्ने बिज्ञापनदातालाई बिदेश भ्रमणमा लैंजाने रेडियोले आज उद्घोष गरेको छ । बार्षिक रुपमा नियमित बिज्ञापन दिने बिज्ञापनदाताहरुको व्यवसाय प्रवद्र्वन संगैं वैंदेशिक भ्रमणको पनि प्याकेज ल्याईएको अध्यक्ष खड्काले जानकारी दिनुभयो । बिगत १५ बर्षदेखी मकवानपुर जिल्लाबाट नियमित प्रकाशित हुँदैं आएको निकास साप्ताहिक र रेडियो सन्देशको सयुक्त आयोजनामा बिदेशमा नैं बिषेश सास्कृतिक कार्यक्रम पनि हुने खड्काले बताउनुभयो । 


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

Advertisement
Advertisement

Subscribe our Newsletter