“सेभ द हार्ट”द्वारा पत्रकार कार्की सम्मानित

2018-09-16

काठमाडौं, ३१ भदौ । सेभ द हार्टले पत्रकार रुद्र कार्कीलाई सम्मान गरेको छ । पत्रकारिताको माध्यमले नेपाली जनमानसमा स्वास्थ्यसम्वन्धि जनचेतना अभिवृद्धि गरेको योगदानको कदर गर्दै सेभ द हार्टको पाँचौ वार्षिकोत्सवको अवसरमा आज रिपोर्टर्स नेपाल डटकमका सम्पादक कार्कीलाई सम्मान गरिएको हो । 

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र सेभ द हार्टका अध्यक्ष एवम् बरिष्ठ मुटुरोग विशेषज्ञ उप—प्राध्यापक डा. अनिल भट्टराईले उक्त अवसरमा पत्रकार कार्कीलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

विगत एक दशकदेखि सक्रिय रही पत्रकार कार्कीले सिँगो नेपाली पत्रकारिताको क्षेत्रमा पु¥याएको अमूल्य योगदानको उच्च कदर गर्दै उनलाई सेभ द हार्ट–२०७५ बाट सम्मानित गरिएको हो ।

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले मुटु के हो भन्ने सबैले बुझेपनि मुटुलाई कसरी जोगाउन सकिन्छ भन्ने कुरा कमैलाई थाहा भएको बताए । उनले भने,“वास्तवमा मुटु के हो भन्ने कुरा हामी सबैलाई थाहा छ । तर, मुटुलाई कसरी जोगाउन सकिन्छ भन्ने थोरैलाईमात्रै थाहा छ ।”

सेद द हार्टले यो छोटो अवधिमा देशको दुर्गमसम्म पुगेर आफ्नो सेवा दिईरहेको थाहा पाउँदा आफूलाई खुशी लागेको उनको भनाई थियो । उनले भने,“सेभ द हार्ट र यसका अध्यक्ष डाक्टर भट्टराईले यति छोठो समयमा यति धेरै काम गर्नुभएको रहेछ । यो कुरा हामीलाई आज यही कार्यक्रममार्फत थाहा भयो । यो संस्थाले यो छोटो समयमा गरेको कामप्रति मेरो हृदयदेखि नै सम्मान छ ।”

अध्यक्ष तिमिल्सिनाले राज्यले गर्नुपर्ने काम सेद द हार्टले गरिरहेको पनि बताए । उनले भने,“यो संस्थाले देशका विभिन्न कुना काप्चामा पुगेर दर्जनौं स्वास्थ्य शिविर सञ्चालन गरेर धेरै विरामीहरुको ज्यान जोगाएको छ । यसले विरामीहरुको पैसाको समेत बचत गरेको छ । रोग लाग्नुभन्दा रोग लाग्नै नदिने काम हामी सबैले गर्नुपर्छ । यो संस्थाको सामाजिक कार्य निकै लोभलाग्दो छ । यसबाट सबैले सिक्नुपर्छ ।”

अगामी दिनमा यो संस्थाले स्वास्थ्य शिक्षाबारे नसर्ने रोगका बारेमा जनचेतनामूलक कार्यक्रमलाई अलिक बढावा दिओस् भन्नेपनि उनले सुझाव दिए । उनले भने,“दुनियाँमा मुटुरोग, क्यान्सरलगायतका डरलाग्दा रोगहरु बढ्दै गैरहेको तथ्यांकले देखाउँछ । नेपालमा अब मुटु रोगको उपचारको लागि विदेश जानै नपर्ने भनेर यहाँ डाक्टरहरुले भन्नुभयो । वास्तवमा जटिल किसिमका मुटुरोगको उपचार नेपालमै सम्भवमात्रै नभएर अब विदेशबाट पनि यहाँ उपचार गराउन आउने वातावरण बनाउनुपर्छ ।”

उनले नेपालमा स्वास्थ्य शिक्षालाई अलिक बढि प्रभावकारी बनाउनुपर्नेमा समेत जोड दिएका छन् । उनले भने,“प्राथमिक तहदेखि नै स्वास्थ्य शिक्षालाई अघि बढाउनुपर्छ । स्वास्थ्यसम्बन्धि जनचेतनामूलक कार्यक्रमहरु चलाउनुपर्छ । संसारमा मुटु रोगीहरुको संख्या बढ्यो भन्दा नेपालमा चाहीँ घट्यो भन्ने बनाउन सक्नुपर्छ ।”

संविधानको मौलिक हकमा प्रत्येक नेपालीको स्वास्थ्यसम्बन्धी अधिकारको सुनिश्चितता गरेकोले आफूहरु अहिले त्यही अनुसार अघि बढिरहेको पनि अध्यक्ष तिमिल्सिनाले जनाए । उनले भने,“संविधानमा जति कुरा मौलिक हकको रुपमा लेखिएको छ । र, अहिले हामीले कानुन पास गरेका छौं।”

त्यस्तै अध्यक्ष तिमिल्सिनाले संविधानले स्वास्थ्य सेवा र उपचार जनताको मौलिक हकका रुपमा उल्लेख गरेको र त्यसलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन राज्यको क्षमता वृद्धि गर्नुपर्ने बताए । उनले भने,‘संविधानले जनतालाई थुप्रै अधिकार दिएकाले सबैले राज्यप्रतिको आफ्नो दायित्व बिर्सनु हुँदैन् ।’

कार्यक्रममा बरिष्ठ मुटू रोग विशेषज्ञ डा. भट्टराईले आफ्नो संस्थाको उद्देश्य प्रकाश पार्दै आजसम्म संस्थाले गरेका स्वास्थ्य तथा सामाजिक कार्यहरु उपस्थिति महानुभावहरुमाझ सेयर गरेका थिए ।

डा. भट्टराईले मुटु रोग लागेपनि हाल नेपालमै अत्याधुनिक उपचार प्रकृया रहेकोले आत्तिनु नहुने जनाउदै सकेसम्म सकारात्मक जीवनशैलीको माध्यमले यो रोग हुन नदिनु आवश्यक रहेको बताए ।

कार्यक्रममा त्रि.वि.का रेक्टर प्रा.डा. सुधा त्रिपाठी, त्रि.वि.का रजिष्ट्रार डिल्लीराम उप्रेती, चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्रा.डा. जगदिश अग्रवाल, चिकित्सा शास्त्र अध्ययन संस्थानका पूर्व डिन डा. अरुण सायमी र मनमोहन कार्डियो थोरासिस एण्ड टा«न्सप्लान्ट सेन्टरका निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठलगायतले मुटु रोगबारे आ–आफ्नो धारणा राख्दै सेभ द हार्टले गरेका कामको प्रशंसा गरेका थिए ।


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter